जुम्लामा ४ वर्षपछि चालक अनुमतिपत्र वितरण गरिँदै

जुम्ला । जुम्लामा चार वर्षपछि सवारी चालक अनुमतिपत्र वितरण हुने भएको छ । पछिल्लो समय सवारी चाप बढ्दै गएपछि जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएको हो ।

 

जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएपछि यहाँका सवारी चालकमा खुसी छाएको छ । ऋण जोहो गरेर अटो खरिद गरी सञ्चालन गरेपनि सवारी चालक अनुमति पत्र नहुँदा जरिवाना तिर्न बाध्य भएका जुम्लेलीले अब जिल्लामै चालक अनुमतिपत्र पाउने भएपछि उनीहरु खुसी भएको स्थानीयवासी पदम बुढाले बताए ।

 

विगत चार वर्षदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र दिइने कार्य गत फागुन अन्तिम साताबाट जुम्लामै सुरु भएको छ । चालक अनुमतिपत्र दिइने भएपछि सबैभन्दा बढी राहत अटो चालकलाई भएको यातायात व्यवस्था कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले जानकारी दिए ।

 

बढ्दो माग र जनगुनासोपछि यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ ।रासस

इमर्जिङ नेपालको सेयर मूल्यमा लगातार दशौं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ? Read Previous

इमर्जिङ नेपालको सेयर मूल्यमा लगातार दशौं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ?

अघि बढ्यो एमसीसीको प्रसारण लाइन निर्माण, जग्गा खाली गर्न ३५ दिने सूचना Read Next

अघि बढ्यो एमसीसीको प्रसारण लाइन निर्माण, जग्गा खाली गर्न ३५ दिने सूचना