अघि बढ्यो एमसीसीको प्रसारण लाइन निर्माण, जग्गा खाली गर्न ३५ दिने सूचना

काठमाडौं । लामो रस्साकस्सीका बीच संसद्बाट पारित भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आयोजना कार्यान्वयनको चरणमा अघि बढेको छ ।

 

संसद्बाट पारित भएको एक महिनापछि एमसीसी कार्यन्वयनमा जान लागेको हो । एमसीसी परियोजना अन्तर्गत निर्माण हुने प्रसारण लाइनको सबस्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएको घरजग्गा खाली गर्न सूचना जारी गरिएको छ ।

 

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले मंगलबार एक सूचना प्रकाशित गर्दै अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको हो ।

 

‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब-स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ एमसीए नेपालले जारी गरेको सूचनामा भनिएको छ।

 

एमसीए नेपालले अधिग्रहण गरिएका जग्गामा सबस्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको जनाएको छ। ४०० केभी रातमाटे सबस्टेशनका लागि नुवाकोटमा आवश्यक जग्गा अधिग्रहण गरिएको थियो ।

जुम्लामा ४ वर्षपछि चालक अनुमतिपत्र वितरण गरिँदै Read Previous

जुम्लामा ४ वर्षपछि चालक अनुमतिपत्र वितरण गरिँदै

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी