काठमाडौं । प्रभु बैंकले महोत्तरी जिल्लाको बर्दिबास र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।
बर्दिबास मालपोत परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको शुक्रबार मालपोत कार्यालयका प्रमुख कोमल रन्जन बराल र जलेश्वर मालपोतमा कार्यालय प्रमुख भुप बहादुर बोगटी र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त प्रमुख युवराज राईले संयुक्त रुपमा समुद्घाट्न गरेका हुन् ।
यी मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंकले मालपोत कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकका दुवै एक्स्टेन्सन काउण्टरहरुबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले हाल देशभर १९५ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गर्द आएको छ ।