काठमाडौं । सरकारले तरकारीमा आत्मनिर्भर हुने नारा दिदैं गर्दा नेपालमा तरकारी आयात भने वर्षेनी बढ्दो क्रममा रहेको छ । सरकारले कृषकसम्म पर्याप्त अनुदान, तालिम तथा आधुनिक कृषियन्त्रको पहुँच पुर्याउन नसक्दा उपभोक्ताको माग अनुसार तरकारी उत्पादन हुन सकेको छैन । वार्षिक रूपमा नेपालमा करोडौँको फरकमा तरकारी आयात हुने गरेको छ ।
कालिमाटी फलफुल तथा तरकारी विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठ तरकारी उत्पादनमा वृद्धि भइरहे पनि कृषकसम्म सडकको पहुँच हुन नसक्दा गाउँको उत्पादन बजारसम्म आउन नसकेको बताउँछन् ।
भारतबाट विशेष गरी प्याज, लसुन तथा आलु आयात हुने गरेको उनले बताए । आलु, प्याजको नेपालमा व्यावसायीक खेती नभएकाले पनि आयात गर्नुपरेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा पहिलो एक महिनामा तरकारी आयातका क्रममा नेपालबाट ९७ करोड रुपैयाँ ७९ लाख रुपैयाँ बाहिरिन पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा कुल १ अर्ब ४३ करोड २९ लाख केजी तरकारी आयात भएको थियो । तरकारी आयातका क्रममा नेपालबाट १२ अर्ब ७२ करोड ३७ लाख रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार सरकारले तरकारी आयात बापत ७२ करोड ४८ लाख रुपैयाँ राजश्व असुल गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ को साउन महिनामा ९७ करोड ७९ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको हो । झण्डै ४० लाख केजीको हाराहारीमा तरकारी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । तरकारी आयात मार्फत सरकारले सो महिनामा ५ करोड २६ लाख रुपैयाँ राजश्व असुल गरेको थियो । उक्त अवधिमा फ्रेस आलु ४७ करोड २० लाख रुपैयाँ बराबरको आयात भएको थियो । गोलभेडा आयातका क्रममा नेपालबाट २ करोड १४ लाख रुपैयाँ बाहिरिएको हो ।

४५ करोड १४ लाख रुपैयाँ बराबरको प्याज आयात भएको भन्सार विभागले जनाएको छ । १ करोड ८९ लाख रुपैयाँ बराबरको लसुन आयात भएको छ । ५३ लाख रुपैयाँको सिमि आयात भएको पाइन्छ ।१७ लाख रुपैयाँ बराबरको च्याउ, १ लाख रुपैयाँको भेडे खुर्सानी, ९ लाख रुपैयाँ बराबरको बन्दा आयात भएको तथ्यांकले देखाएको छ ।
अघिल्लो आर्थिक वर्षमा कुल १ अर्ब ४३ करोड २९ लाख केजी तरकारी आयात भएको थियो । तरकारी आयातका क्रममा नेपालबाट १२ अर्ब ७२ करोड ३७ लाख रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार सरकारले तरकारी आयात बापत ७२ करोड ४८ लाख रुपैयाँ राजश्व असुल गरेको थियो ।
अघिल्लो आर्थिक वर्षमा आलु सबैभन्दा बढि आयात भएको तथ्यांकले देखाएको छ । गत आवमा ५ अर्ब ८१ करोड १७ लाख रुपैयाँ बराबरको आलु आयात भएको थियो । त्यसपछि अधिकतम प्याज आयात भएको छ । अघिल्लो आवमा प्याज आयातका क्रममा ५ अर्ब २६ करोड ९६ लाख रुपैयाँ बाहिरिएको थियो । गोलभेडा आयातका क्रममा ५२ करोड ६९ लाख रुपैयाँ बाहिरिएको पाइन्छ ।
नेपालमा सबैभन्दा बढि प्याज, आलु खपत हुने गरेको पाइन्छ । त्यसै अनुसार प्याज र आलुको आयात समेत दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ ।
अघिल्लो आवमा नेपालमा आलु ३२ लाख २० हजार ७ सय ८४ मेट्रिक टन आलु उत्पादन भएको मन्त्रालयले जनाएको छ । आलुको उत्पादन ४.३ प्रतिशतले वृद्धि भएको मन्त्रालयको भनाई रहेको छ । आलुको उत्पादकत्व ३.३९ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
यस्तै, आर्थिक वर्ष २०७४/७५ मा १२ अर्ब १ करोड ७१ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको पाइएको छ । भन्सारको तथ्यांक अनुसार ७५ करोड १७ लाख केजी तरकारी आयातका क्रममा सो रकम बाहिरिन गएको हो । सो रकम बाहिरिने क्रममा सरकारले ७४ करोड ३३ लाख रुपैयाँ राजश्व असुल गरेको छ ।

सो वर्ष सबैभन्दा धेरै आलु आयात भएको थियो । आलु आयातका क्रममा नेपालबाट ५ अर्ब ७४ करोड २४ लाख रुपैयाँ बाहिरिएको हो । ३५ करोड ५४ लाख केजी आलु आयात हुने क्रममा २९ करोड ९४ लाख रुपैयाँ राजश्व असुल भएको थियो । दोस्रोमा प्याज आयातका क्रममा ४ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ रकम बाहिरिएको थियो । त्यस बापत सरकारले २३ करोड ३९ लाख रुपैयाँ राजश्व असुल गरेको थियो ।
लसुन पनि नेपालमा उतिनै मात्रामा आयात हुनेम गरेको छ । लसुन आयात हुने क्रममा सो आवमा ६१ करोड ३९ लाख रुपैयाँ बाहिरिएको थियो । सो बापत सरकारले १५ करोड ४८ लाख रुपैयाँ राजश्व असुल गरेको थियो । यस्तै, ३० करोड २४ लाख रुपैयाँ बराबरको गोलभेडा आयात भएको छ । २ करोड ६५ लाख केजी गोलभेडा आयातका क्रममा ३० करोड बढि रकम बाहिरिएको हो ।
सरकारले भने नेपाल तरकारीमा आत्मनिर्भर तर्फ बढ्दै गरेको दाबी गरेको छ । प्रविधिको प्रयोग सँगै तरकारीमा आत्मनिभर भएको कृषि विभागले जानकारी दिएको छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार गत आवमा बन्दा, काउली लगायतका हरियो तरकारीको आयात ५२ प्रतिशतले घटेको छ । सो तरकारी निर्यात ४ सय प्रतिशतले बढेको मन्त्रालयले दाबी गरेको छ । कृषि मन्त्रालयका प्रवक्ता तेज बहादुर सुवेदीले नेपाल हरियो तरिकारीमा आत्मनिर्भरको अवस्थामा रहेको बताएका छन् ।
अघिल्लो आवमा नेपालमा आलु ३२ लाख २० हजार ७ सय ८४ मेट्रिक टन आलु उत्पादन भएको मन्त्रालयले जनाएको छ । आलुको उत्पादन ४.३ प्रतिशतले वृद्धि भएको मन्त्रालयको भनाई रहेको छ । आलुको उत्पादकत्व ३.३९ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
यस्तै, अघिल्लो आवमा ४१ लाख ७५ हजार ६ सय २१ मेट्रिकटन उत्पादन भएको तरकारीको उत्पादन भएको आर्थिक सर्वेक्षणले देखाएको छ । तरकारीको उत्पादन १.८६ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।
तरकारीको उत्पादत्व ०.११ प्रतिशतले वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ ।