फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको हो ।

 

यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

 

मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १५१ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ ।

 

मूल्यवृद्धि गर्दा पनि आगामी १५ दिनमा करिब ४ अर्ब ६६ करोड नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ ।

 

आइओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमले जनाएको छ ।

टेलिकमको होली अफर : ६९ रुपैयाँमै २४ घण्टा अनलिमिटेड डाटा, अरु यस्ता छन् प्याकेज Read Previous

टेलिकमको होली अफर : ६९ रुपैयाँमै २४ घण्टा अनलिमिटेड डाटा, अरु यस्ता छन् प्याकेज

जोगबनी-कटहरी रेलमार्ग विस्तारको काम सुस्त Read Next

जोगबनी-कटहरी रेलमार्ग विस्तारको काम सुस्त