टेलिकमको होली अफर : ६९ रुपैयाँमै २४ घण्टा अनलिमिटेड डाटा, अरु यस्ता छन् प्याकेज

काठमाडौं । सरकारी स्वामित्वको दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमले होली अफर ल्याएको छ । टेलिकमले फागु पूर्णिमाको अवसरमा विभिन्न प्याकेजका अनलिमिटेड डेटासहितको अफर ल्याएको हो ।

 

टेलिकमले ६९ रुपैयाँमा २४ घण्टाका लागि १ एमबीपीएस अनलिमिटेड डेटा उपलब्ध गराउने भएको छ । यस्तै, ९८ रुपैयाँमा ३ दिनका लागि ६ जीबी डेटा र २९४ रुपैयाँमा १० दिनका लागि २० जीबी डेटा अफर ल्याएको छ ।

 

*१४१५*११# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी प्याक खरिद गर्न सकिन्छ। फागू पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफर १५ दिनसम्म कायम रहने टेलिकमले जनाएको छ ।

नेपाल लाइफको 'अनमोल जीवन’ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता Read Previous

नेपाल लाइफको 'अनमोल जीवन’ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ? Read Next

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?