काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
टेलिकम सञ्चालक समितिको सोमबार बसेको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश घोषणा गरेको हो ।
टेलिकमले बोनस सेयर लाभांश घोषणा गरेको यो इतिहासमै पहिलो पटक हो । यसअघि टेलिकमले कहिल्यै बोनस सेयर दिएको थिएन भने नगद लाभांश मात्रै दिँदै आएको थियो ।
प्रस्तावित लाभांश अर्थमन्त्रालयको स्वीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।