लाइसेन्सको अनलाइन फाराम बन्द, अब कहिले खुल्छ ?

काठमाडौं । यातायात व्यवस्था विभागले चैत १ गते (आज)देखि सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ । विभागले हालसम्म परेको आवेदनको यथासक्य चाँडो काम सकाउन केही समयका लागि अनलाइन आवेदन बन्द गरेको हो ।

 

‘हालसम्म परेको अनलाइन आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकाले यही मिति २०७८ चैत्र १ गतेदखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सावरी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारी गराइन्छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

 

विभागका अनुसार हालसम्म करिब ६ लाखभन्दा धेरै अनलाइन आवेदन परेको र यसलाई टुङ्याउनका लागि केही समय लाग्ने भएका कारण नयाँ आवेदन बन्द गरिएको हो ।

 

अर्को सूचना प्रकाशन नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने Read Previous

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

नेपाल टेलिकमको लाभांश घोषणा, इतिहासमै पहिलो पटक बोनस सेयर, नगद कति ? Read Next

नेपाल टेलिकमको लाभांश घोषणा, इतिहासमै पहिलो पटक बोनस सेयर, नगद कति ?