काठमाडौं । एनआइसी एशिया बैंकले बैतडीको पाटनमा शाखा सञ्चालन गरको छ। बैंकले बिहीबारदेखि पाटनमा शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ।
बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटनमा रहेको उक्त शाखाको पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्द उद्घाटन गरेका थिए।
योसँगै बैंकले मुलुकभर २९८ शाखा कार्यालयहरु, ३४६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । एनआइसी शाखा सञ्जालको आधारमा सबैभन्दा ठूलो वाणिज्य बैंक हो । यसका करिब १८ लाख ग्राहक छन्।