के पूँजीवादी लोकतन्त्रीक व्यवस्था ‘चुचुरो’मा पुगिसकेको हो ? के अबको भविष्य भनेको खुल्ला समाज र स्वतन्त्र बजारहरुले राज्य नियन्त्रित तानाशाही पूँजीवादी व्यवस्थाहरुसँग विश्वव्यापी मुद्दाहरुका बारेमा प्रतिस्पर्धा गर्नु हो ? यस्ता प्रश्नहरुले नै ‘सहज इतिहास’ प्रतिको आशक्ति उद्घाटन गर्दछ । प्रिन्सटन विश्वविद्यालयका अर्थशास्त्री एवं पूर्व ‘इन्भेष्टमेन्ट’ बैंकर माइकल ओ सलिभनका लागि भविष्य प्रति सचेत हुनु महत्वपूर्ण छ ।
उनको पुस्तक, ‘द लेभलिङ : ह्वाट्स नेक्सट आफ्टर ग्लोबलाइजेसन’ले भविष्यको ‘रोडम्याप’ दिन खोजेको छ । उनी वहुध्रुर्विय विश्वको निर्माण भइरहेको देख्छन् । तर, अन्तराष्ट्रिय संस्थाहरु यसका लागि तयार छैनन् । उनी विश्व थोरै बृद्धि र धेरै ऋण तर्फ अग्रसर भएको देखेर चिन्तित छन् । र, यो ‘जोखिम’का विरुद्ध ‘विश्वव्यापी सन्धी’को लागि अपिल गर्छन्, जसमा केन्द्रिय बैंकहरुले मात्रात्मक सहजताको लागि सहमतिको परिधी भित्र रहेर काम गरुन् ।
उनले जसरी १७ औं शताब्दीको बेलायतको ‘पुटनी बहस’सँग अहिलेको विश्वलाई दाजेँका छन्, त्यसले उनको मुद्दाहरुको प्रस्तुतीलाई रोचक बनाएको छ । उक्त बहसमा ‘लेभलर्स’ भनिने समुहहरुले (पुस्तकको शिर्षक यसैबाट प्रभावित छ) दक्षिणपन्थी प्रजातन्त्रको व्यवहारिकता र उपादयताका बारेमा पहिलो पटक चर्चा गरेका थिए ।
भूमण्डलीकरण अहिले नै हाम्रो पछाडि छ । हामीले यसलाई बिदाइ गरेर बहुध्रुविय विश्वको तयारी गर्नुपर्ने भएको छ, जसमा कम्तिमा तीन ठूला क्षेत्रहरू, अमेरिका, यूरोपीयन संघ र चीन केन्द्रित एसियाले प्रभुत्व जमाउने छन् । उनीहरूले आर्थिक नीति, स्वतन्त्रता, युद्ध, प्रविधि र समाजका बारेमा फरक धारणाहरु बढाउँदै लानेछन् ।
माइकलको बुझाइमा अबको विश्व ‘लेभलर्स’ (दक्षिणपन्थी प्रजातन्त्रवादी) देशहरु र कम स्वतन्त्रता दिने र राज्य नियन्त्रित बृद्धि गराउने देशहरुकाबीच विभक्त हुनेछ । उनको बुझाई र पुस्तकका बारेमा ‘द इकोनोमिस्ट’ले गरेको संक्षिप्तकृत भावानुवाद अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।
भूमण्डलीकरणको अन्त्य पछि के हुन्छ ? तपाईले देखेको संसार कस्तो हुनेछ ?
भूमण्डलीकरण अहिले नै हाम्रो पछाडि छ । हामीले यसलाई बिदाइ गरेर बहुध्रुविय विश्वको तयारी गर्नुपर्ने भएको छ, जसमा कम्तिमा तीन ठूला क्षेत्रहरू, अमेरिका, यूरोपीयन संघ र चीन केन्द्रित एसियाले प्रभुत्व जमाउने छन् । उनीहरूले आर्थिक नीति, स्वतन्त्रता, युद्ध, प्रविधि र समाजका बारेमा फरक धारणाहरु बढाउँदै लानेछन् ।
रसिया, बेलायत, अष्ट्रेलिया र जापान जस्ता मध्यम आकारका देशहरूले विश्वमा आफ्नो स्थान खोज्न संघर्ष गर्नुपर्नेछ । साथै, नयाँ गठबन्धनहरू देखा पर्नेछन्, जस्तै साना राज्यहरुकोे ‘ह्यान्सेटिक लिग २.०’, र उन्नत राज्यहरूको स्क्यान्डिनेभिया र बाल्टिक । र, २० औं शताब्दीका संस्थानहरू विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार संगठन विस्तारै कमजोर हुँदै जाने छन् ।
भूमण्डलीकरणलाई कसले मृत्युशैयामा पुर्याएको हो ?
कम्तिमा दुईवटा कुराले भूमण्डलीकरणलाई सिध्याएको हो । पहिलो, विश्वव्यापी आर्थिक वृद्धि सुस्त छ, र यसको परिणाम स्वरूप, वृद्धि बढी ‘वित्तीयकृत’ भएको छ, ऋण बढेको छ र त्यहाँ धेरै ‘मौद्रिक सक्रियता’ बढेको छ ।केन्द्रीय बैंकहरूले सम्पत्ति खरीद गरेर अर्थव्यवस्थामा पैसा बढाउँदैछन्, जस्तै, वोण्डको र इक्विटीको रुपमा समेत खरिद गरेका छन् ।
दोस्रो, भूमण्डलीकरणको ‘साइड इफेक्ट’, वा ‘कथित साइड इफेक्ट’हरू स्पष्ट देखिएका छन् । असमानता, बहुराष्ट्रियहरूको प्रभुत्व र विश्वव्यापी आपूर्ति श्रृंखलाको फैलावट सबै ‘हट पोलिटिकल’ मुद्दाहरू भएका छन् ।
के भूमण्डलीकरणको मृत्यु अवश्यंभावी थियो ? वा यो टार्न सकिन्थ्यो (वा टार्नु पर्दथ्यो) ?
एउटा समस्याग्रस्त कारक के हो भने विश्वव्यापीकरणलाई आकार दिन सायद विश्व आर्थिक मञ्च र आर्थिक सहयोग तथा विकास संगठनका अलावा केन्द्रीय आधिकारिक निकाय छैन । धेरै हिसाबले विश्वव्यापीकरणको अन्त्य विश्वव्यापी वित्तीय संकटको कमजोर र अनिर्णत प्रतिकृयासँग सम्बन्धित छ ।
सामान्यतः प्रतिक्रिया पूँजीको लागत घटाउने तर्फ केन्द्रित भयो र संकटको जरा तर्फ प्रवेश भएन । त्यसैले विश्व अर्थतन्त्र कमजोर हुनेछ र ऋणको बोझ थपिनेछ । र, केन्द्रिय बैंकबाट बजारमा सजिलै पैसा उपलब्ध हुने छैन ।
तपाईंको पुस्तकको शीर्षक “लेभलर“ १६ औं शताब्दीको मध्यमा बेलायतको पुटनी बहसबाट आएको छ । तिनीहरू को थिए र उनीहरूको कथाले हामीलाई आज के सिकाउन सक्छ ?
लेभलरहरू बेलायती इतिहासबाट लुकेको रत्न हुन् । उनीहरू १७ औं शताब्दीको बीचका समूह थिए, जसले लण्डनको पुटनी भन्ने ठाउँमा लोकतन्त्रको बारेमा बहसहरू चलाएका थिए । उनीहरूको उपलब्धी “जनताको एक सम्झौता“ का नाममा लिपीबद्ध भएको थियो जुन संबैधानिक लोकतान्त्रिक मान्यताहरुको श्रृङखलाबद्ध घोषणापत्र थियो ।
युरोपियन र अमेरिकीहरुले खुल्ला समाजको अवधारणालाई स्वीकार गर्लान्, केही सयय देखि त्यसमा गिरावट आएको भएपनि । विश्व अगाडी बढ्दै जाँदा रसियाको जस्तो दृष्टिकोण, जुन अलि बढि नियन्त्रित छ, ले पनि विश्वव्यापी रुपमा एउटा मान्यता पाउन सक्नेछ । चीनको अर्थतन्त्र ओरालो लाग्दै जाँदा अब त्यहाँ स्वतन्त्रताका आवाजहरु बढ्न थाल्लान् ।
लेवलर दुई कारणले रोचक छन् । पहिलो, त्यतिबेलाकाको समयको सन्दर्भमा उनीहरूको दृष्टिकोण रचनात्मक र व्यावहारिक थियो । त्यो ‘सम्झौता’ले मानिसहरु आफुमाथि शासन गर्नेहरुबाट के चाहन्छन् भनेर स्पष्ट र मूर्तरुपले उल्लेख गरेको छ । उदाहरणका लागि, उनीहरूले राजनीतिक कार्यालयमाहरुमा सेवा गर्नेहरुको सेवा अवधी तोक्ने र ऋण सम्बन्धी कानूनहरू धनी र गरिबलाई समान रूपमा लागु गर्ने प्रस्ताव गरे ।
दोस्रो, उनीहरू आन्दोलन फिर्ता गर्ने तरिका र त्यसपछि सैनिक नेता ओलिभर क्रोमवेल र ग्रान्डीज (उनीहरूको समयका कुलीन वर्ग) को कडा बर्तावको लागि पनि रोचक छन् । अन्य आर्दशवादी राजनीतिक शुरुवात झै लेभलरहरु पनि असफल भए ।
तपाईं २० औं शताब्दीका अन्तर्राष्ट्रिय संस्थाहरूलाई नयाँले बिस्थापन गर्ने भविष्यवाणी गर्नुहुन्छ । तिनले कसरी काम गर्लान् ? र, के फरक मूल्य–मान्यतामा आधारित देशहरू (लोकतान्त्रिक वा राज्य नियन्त्रित ) समझदारीमा आउन सक्लान् ?
कम्युनिष्ट रसिया र अमेरिकाबीच शीतयुद्धका धेरै कुराहरु आए । अहिले केही मानिसहरु अमेरिका र चीन बीचको सभ्यताको टकराव देख्न चाहन्छन् । ‘लेभलिङ’ले सार्वजनिक जिवन बाँच्नका लागि कम्तीमा दुई तरिका भएको भविष्यको चित्रण गरेको छ ।
युरोपियन र अमेरिकीहरुले खुल्ला समाजको अवधारणालाई स्वीकार गर्लान्, केही सयय देखि त्यसमा गिरावट आएको भएपनि । विश्व अगाडी बढ्दै जाँदा रसियाको जस्तो दृष्टिकोण, जुन अलि बढि नियन्त्रित छ, ले पनि विश्वव्यापी रुपमा एउटा मान्यता पाउन सक्नेछ । चीनको अर्थतन्त्र ओरालो लाग्दै जाँदा अब त्यहाँ स्वतन्त्रताका आवाजहरु बढ्न थाल्लान् ।