भूमण्डलीकरणको मृत्यु भएको छ, हामीले नयाँ विश्व प्रणाली आविष्कार गर्नु पर्छ

के पूँजीवादी लोकतन्त्रीक व्यवस्था ‘चुचुरो’मा पुगिसकेको हो ? के अबको भविष्य भनेको खुल्ला समाज र स्वतन्त्र बजारहरुले राज्य नियन्त्रित तानाशाही पूँजीवादी व्यवस्थाहरुसँग विश्वव्यापी मुद्दाहरुका बारेमा प्रतिस्पर्धा गर्नु हो ? यस्ता प्रश्नहरुले नै ‘सहज इतिहास’ प्रतिको आशक्ति उद्घाटन गर्दछ । प्रिन्सटन विश्वविद्यालयका अर्थशास्त्री एवं पूर्व ‘इन्भेष्टमेन्ट’ बैंकर माइकल ओ सलिभनका लागि भविष्य प्रति सचेत हुनु महत्वपूर्ण छ ।

 

उनको पुस्तक, ‘द लेभलिङ : ह्वाट्स नेक्सट आफ्टर ग्लोबलाइजेसन’ले भविष्यको ‘रोडम्याप’ दिन खोजेको छ । उनी वहुध्रुर्विय विश्वको निर्माण भइरहेको देख्छन् । तर, अन्तराष्ट्रिय संस्थाहरु यसका लागि तयार छैनन् । उनी विश्व थोरै बृद्धि र धेरै ऋण तर्फ अग्रसर भएको देखेर चिन्तित छन् । र, यो ‘जोखिम’का विरुद्ध ‘विश्वव्यापी सन्धी’को लागि अपिल गर्छन्, जसमा केन्द्रिय बैंकहरुले मात्रात्मक सहजताको लागि सहमतिको परिधी भित्र रहेर काम गरुन् ।

 

उनले जसरी १७ औं शताब्दीको बेलायतको ‘पुटनी बहस’सँग अहिलेको विश्वलाई दाजेँका छन्, त्यसले उनको मुद्दाहरुको प्रस्तुतीलाई रोचक बनाएको छ । उक्त बहसमा ‘लेभलर्स’ भनिने समुहहरुले (पुस्तकको शिर्षक यसैबाट प्रभावित छ) दक्षिणपन्थी प्रजातन्त्रको व्यवहारिकता र उपादयताका बारेमा पहिलो पटक चर्चा गरेका थिए ।

 

भूमण्डलीकरण अहिले नै हाम्रो पछाडि छ । हामीले यसलाई बिदाइ गरेर बहुध्रुविय विश्वको तयारी गर्नुपर्ने भएको छ, जसमा कम्तिमा तीन ठूला क्षेत्रहरू, अमेरिका, यूरोपीयन संघ र चीन केन्द्रित एसियाले प्रभुत्व जमाउने छन् । उनीहरूले आर्थिक नीति, स्वतन्त्रता, युद्ध, प्रविधि र समाजका बारेमा फरक धारणाहरु बढाउँदै लानेछन् ।

 

माइकलको बुझाइमा अबको विश्व ‘लेभलर्स’ (दक्षिणपन्थी प्रजातन्त्रवादी) देशहरु र कम स्वतन्त्रता दिने र राज्य नियन्त्रित बृद्धि गराउने देशहरुकाबीच विभक्त हुनेछ । उनको बुझाई र पुस्तकका बारेमा ‘द इकोनोमिस्ट’ले गरेको संक्षिप्तकृत भावानुवाद अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

 

भूमण्डलीकरणको अन्त्य पछि के हुन्छ ? तपाईले देखेको संसार कस्तो हुनेछ ?

 

भूमण्डलीकरण अहिले नै हाम्रो पछाडि छ । हामीले यसलाई बिदाइ गरेर बहुध्रुविय विश्वको तयारी गर्नुपर्ने भएको छ, जसमा कम्तिमा तीन ठूला क्षेत्रहरू, अमेरिका, यूरोपीयन संघ र चीन केन्द्रित एसियाले प्रभुत्व जमाउने छन् । उनीहरूले आर्थिक नीति, स्वतन्त्रता, युद्ध, प्रविधि र समाजका बारेमा फरक धारणाहरु बढाउँदै लानेछन् ।

 

रसिया, बेलायत, अष्ट्रेलिया र जापान जस्ता मध्यम आकारका देशहरूले विश्वमा आफ्नो स्थान खोज्न संघर्ष गर्नुपर्नेछ । साथै, नयाँ गठबन्धनहरू देखा पर्नेछन्, जस्तै साना राज्यहरुकोे ‘ह्यान्सेटिक लिग २.०’, र उन्नत राज्यहरूको स्क्यान्डिनेभिया र बाल्टिक । र, २० औं शताब्दीका संस्थानहरू विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार संगठन विस्तारै कमजोर हुँदै जाने छन् ।

 

भूमण्डलीकरणलाई कसले मृत्युशैयामा पुर्याएको हो ?

 

कम्तिमा दुईवटा कुराले भूमण्डलीकरणलाई सिध्याएको हो । पहिलो, विश्वव्यापी आर्थिक वृद्धि सुस्त छ, र यसको परिणाम स्वरूप, वृद्धि बढी ‘वित्तीयकृत’ भएको छ,  ऋण बढेको छ र त्यहाँ धेरै ‘मौद्रिक सक्रियता’ बढेको छ ।केन्द्रीय बैंकहरूले सम्पत्ति खरीद गरेर अर्थव्यवस्थामा पैसा बढाउँदैछन्, जस्तै, वोण्डको र इक्विटीको रुपमा समेत खरिद गरेका छन् ।

 

दोस्रो, भूमण्डलीकरणको ‘साइड इफेक्ट’, वा ‘कथित साइड इफेक्ट’हरू स्पष्ट देखिएका छन् । असमानता, बहुराष्ट्रियहरूको प्रभुत्व र विश्वव्यापी आपूर्ति श्रृंखलाको फैलावट सबै ‘हट पोलिटिकल’ मुद्दाहरू भएका छन् ।

 

के भूमण्डलीकरणको मृत्यु अवश्यंभावी थियो ? वा यो टार्न सकिन्थ्यो (वा टार्नु पर्दथ्यो) ?

 

एउटा समस्याग्रस्त कारक के हो भने विश्वव्यापीकरणलाई आकार दिन सायद विश्व आर्थिक मञ्च र आर्थिक सहयोग तथा विकास संगठनका अलावा केन्द्रीय आधिकारिक निकाय छैन । धेरै हिसाबले विश्वव्यापीकरणको अन्त्य विश्वव्यापी वित्तीय संकटको कमजोर र अनिर्णत प्रतिकृयासँग सम्बन्धित छ ।

 

सामान्यतः प्रतिक्रिया पूँजीको लागत घटाउने तर्फ केन्द्रित भयो र संकटको जरा तर्फ प्रवेश भएन । त्यसैले विश्व अर्थतन्त्र कमजोर हुनेछ र ऋणको बोझ थपिनेछ । र, केन्द्रिय बैंकबाट बजारमा सजिलै पैसा उपलब्ध हुने छैन ।

 

तपाईंको पुस्तकको शीर्षक “लेभलर“ १६ औं शताब्दीको मध्यमा बेलायतको पुटनी बहसबाट आएको छ । तिनीहरू को थिए र उनीहरूको कथाले हामीलाई आज के सिकाउन सक्छ ?

 

लेभलरहरू बेलायती इतिहासबाट लुकेको रत्न हुन् । उनीहरू १७ औं शताब्दीको बीचका समूह थिए, जसले लण्डनको पुटनी भन्ने ठाउँमा लोकतन्त्रको बारेमा बहसहरू चलाएका थिए । उनीहरूको उपलब्धी “जनताको एक सम्झौता“ का नाममा लिपीबद्ध भएको थियो जुन संबैधानिक लोकतान्त्रिक मान्यताहरुको श्रृङखलाबद्ध घोषणापत्र थियो ।

 

युरोपियन र अमेरिकीहरुले खुल्ला समाजको अवधारणालाई स्वीकार गर्लान्, केही सयय देखि त्यसमा गिरावट आएको भएपनि । विश्व अगाडी बढ्दै जाँदा रसियाको जस्तो दृष्टिकोण, जुन अलि बढि नियन्त्रित छ, ले पनि विश्वव्यापी रुपमा एउटा मान्यता पाउन सक्नेछ । चीनको अर्थतन्त्र ओरालो लाग्दै जाँदा अब त्यहाँ स्वतन्त्रताका आवाजहरु बढ्न थाल्लान् ।

 

लेवलर दुई कारणले रोचक छन् । पहिलो, त्यतिबेलाकाको समयको सन्दर्भमा उनीहरूको दृष्टिकोण रचनात्मक र व्यावहारिक थियो । त्यो ‘सम्झौता’ले मानिसहरु आफुमाथि शासन गर्नेहरुबाट के चाहन्छन् भनेर स्पष्ट र मूर्तरुपले उल्लेख गरेको छ । उदाहरणका लागि, उनीहरूले राजनीतिक कार्यालयमाहरुमा सेवा गर्नेहरुको सेवा अवधी तोक्ने र ऋण सम्बन्धी कानूनहरू धनी र गरिबलाई समान रूपमा लागु गर्ने प्रस्ताव गरे ।

 

दोस्रो, उनीहरू आन्दोलन फिर्ता गर्ने तरिका र त्यसपछि सैनिक नेता ओलिभर क्रोमवेल र ग्रान्डीज (उनीहरूको समयका कुलीन वर्ग) को कडा बर्तावको लागि पनि रोचक छन् । अन्य आर्दशवादी राजनीतिक शुरुवात झै लेभलरहरु पनि असफल भए ।

 

तपाईं २० औं शताब्दीका अन्तर्राष्ट्रिय संस्थाहरूलाई नयाँले बिस्थापन गर्ने भविष्यवाणी गर्नुहुन्छ । तिनले कसरी काम गर्लान् ? र, के फरक मूल्य–मान्यतामा आधारित देशहरू (लोकतान्त्रिक वा राज्य नियन्त्रित ) समझदारीमा आउन सक्लान् ?

 

कम्युनिष्ट रसिया र अमेरिकाबीच शीतयुद्धका धेरै कुराहरु आए । अहिले केही मानिसहरु अमेरिका र चीन बीचको सभ्यताको टकराव देख्न चाहन्छन् । ‘लेभलिङ’ले सार्वजनिक जिवन बाँच्नका लागि कम्तीमा दुई तरिका भएको भविष्यको चित्रण गरेको छ ।

 

युरोपियन र अमेरिकीहरुले खुल्ला समाजको अवधारणालाई स्वीकार गर्लान्, केही सयय देखि त्यसमा गिरावट आएको भएपनि । विश्व अगाडी बढ्दै जाँदा रसियाको जस्तो दृष्टिकोण, जुन अलि बढि नियन्त्रित छ, ले पनि विश्वव्यापी रुपमा एउटा मान्यता पाउन सक्नेछ । चीनको अर्थतन्त्र ओरालो लाग्दै जाँदा अब त्यहाँ स्वतन्त्रताका आवाजहरु बढ्न थाल्लान् ।

 

अनाधिकृत डिम्याट खोल्नेमाथि बोर्डको निगरानी, कडा कारवाही गर्ने चेतावनी Read Previous

अनाधिकृत डिम्याट खोल्नेमाथि बोर्डको निगरानी, कडा कारवाही गर्ने चेतावनी

एनआइसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा Read Next

एनआइसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा