काठमाडौं । निक्षेप सदस्यहरुले अनधिकृत डिम्याट खाता खोल्ने क्रम बढेपछि नेपाल धितोपत्र बोर्डले निक्षेप सदस्यहरुको निरीक्षण गर्न सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडीएससी) लाई निर्देशन दिएको छ ।
निक्षेप सदस्यहरुले एकै व्यक्तिले धेरै व्यक्तिको डिम्याट खाता खोल्ने गरेको, सम्बन्धित व्यक्ति स्वयं उपस्थित नभई डिम्याट खाता खोलेको, र नविकरण गर्ने गरेको गुनासो बढेपछि यस्तो निर्देशन दिएको हो ।
यस सम्बन्धमा निक्षेप सदस्यहरुको निरीक्षण गरी १५ दिनभित्र निरीक्षण प्रतिवेदन पेश गर्न धितोपत्र बोर्डले सीडीएससीलाई निर्देशन दिएको हो ।
कुनै पनि निक्षेप सदस्यले अनाधिकृत रुपमा डिम्याट खाता खोलेको पाइएमा धितोपत्र सम्बन्धि ऐन अनुसार कडा कारवाही गर्ने बोर्डले चेतावनी दिएको छ।
धितोपत्र बोर्डको नियम अनुसार हाल १ जना व्यक्तिले २ वटा सम्म डिम्याट खाता खोल्न सक्छ ।सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडमा हाल ७३ वटा निक्षेप सदस्यहरु रहेका छन्।
