आइपीओ ल्याउन लागेको अर्घाखाँची सिमेन्ट अब ५३ ग्रेडमा

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडद्धारा उत्पादित अर्घाखाँची ओपीसी सिमेन्टले नेपाल सरकारको ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ ।नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

 

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारीक रूपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र विक्रीवितरणलाई सधैं प्राथमिकतामा राख्ने जनाएको छ ।

 

‘यसै वर्षको भाद्र महिनामा ४३ ग्रेडको मान्यता प्राप्त गरेको हाम्रो उत्पादनलाई ५३ ग्रेडको प्रमाणीकरण पनि मिलेको छ । जसले आम उपभोक्ताहरुलाई अर्घाखाँची सिमेन्टको उत्पादन प्रयोग गर्न निश्चिन्त बनाएको छ,’ कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले भने ।

 

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएस-५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो ।

 

क्लिंकर, ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनीमध्येको एक हो ।

 

गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आइपीओमा जाने तयारी सुरु गरिसकेको छ ।

कोरियन भाषा परीक्षाका लागि चैत १४ देखि आवेदन खुल्ने, साढे ९ हजार लैजाने Read Previous

कोरियन भाषा परीक्षाका लागि चैत १४ देखि आवेदन खुल्ने, साढे ९ हजार लैजाने

नबिल बैंकले पायो बंगलादेश बैंकलाई गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति Read Next

नबिल बैंकले पायो बंगलादेश बैंकलाई गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति