यी हुन् नेप्से १०१ अंकले बढ्दा पनि मूल्य घट्ने ४ कम्पनी

काठमाडौं । सेयर बजारमा तेहेरो अंकको बढोत्तरी आएको छ । गत बिहीबारदेखि उछाल आएको नेप्सेले आज पनि सोही लय कायम राख्दै शतक हानेको हो । पछिल्ला दुई कारोबार दिनमै नेप्से १५३ अंकले बढेको छ ।

 

वाणिज्य बैंकहरुले चैतमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको हो । बैंकहरुले चैतमा पनि फागुनमा कायम ११.०३ प्रतिशत ब्याजदर कायम राख्ने भएका हुन् ।

 

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिक साढे २ अर्बको कारोबार हुँदै आएकोमा आज पौने ५ अर्ब पुगेको छ ।

 

आइतबार सेयर बजार मापक सूचक नेप्से १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ । यसदिन २२८ कम्पनीको ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ बराबरको ९० लाख २२ हजार ८९० कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा परिसूचमका हरियाली छाएको छ । जीवन समूह सबैभन्दा धेरै ६.९४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल र उत्पादनमूलक समूह पनि ५ प्रतिशतले बढेको छ ।

 

कारोबार भएका १९२ कम्पनी (म्युअल फण्ड र डिबेञ्चर बाहे)मध्ये १८८ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ४ कम्पनीको मूल्य घटेको छ ।

 

आज अपि पावरको सेयर मूल्य सबैभन्दा धेरै ०.५८ प्रतिशतले घटेको छ । त्यस्तै, युनाइटेड इदी मार्दी ०.४४, तेह्रथुम पावर ०.३० र आइसीएफसी फाइनान्सको ०.०६ प्रतिशतले घटेको छ ।

नेप्सेमा तेहेरो अंकको उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Previous

नेप्सेमा तेहेरो अंकको उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

नेपालकै पहिलो महिला ट्याक्सी चालक भन्छिन्- ‘१० वर्ष भयो, अहिलेसम्म कारबाहीमा परेको छैन' Read Next

नेपालकै पहिलो महिला ट्याक्सी चालक भन्छिन्- ‘१० वर्ष भयो, अहिलेसम्म कारबाहीमा परेको छैन'