नेप्सेमा तेहेरो अंकको उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा तेहेरो अंकको बढोत्तरी आएको छ । गत बिहीबारदेखि उछाल आएको नेप्सेले आज पनि सोही लय कायम राख्दै शतक हानेको हो । पछिल्ला दुई कारोबार दिनमै नेप्से १५३ अंकले बढेको छ ।

 

वाणिज्य बैंकहरुले चैतमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको हो । बैंकहरुले चैतमा पनि फागुनमा कायम ११.०३ प्रतिशत ब्याजदर कायम राख्ने भएका हुन् ।

 

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिक साढे २ अर्बको कारोबार हुँदै आएकोमा आज पौने ५ अर्ब पुगेको छ ।

 

आइतबार सेयर बजार मापक सूचक नेप्से १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ । यसदिन २२८ कम्पनीको ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ बराबरको ९० लाख २२ हजार ८९० कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा परिसूचमका हरियाली छाएको छ । जीवन समूह सबैभन्दा धेरै ६.९४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल र उत्पादनमूलक समूह पनि ५ प्रतिशतले बढेको छ ।

 

कारोबार भएका २२८ कम्पनीमध्ये २१० कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड बढीको सेयर किनबेच भएको छ । यस्तै, अपी पावर ३० करोड र आइसीएफसी फाइनान्स २१ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

तेहेरो अंकले बढेको बजारमा आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एशियन लाइफ, ज्योति लाइफ र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक र सूर्य लाइफ इन्स्योरेन्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

मञ्जुश्री फाइनान्स, शिवम् सिमेन्ट, प्रडेन्सियल इन्स्योरेन्स, जनलरल इन्स्योरेन्स, नारायणी विकास, बैंक, हिमालयन ऊर्जा र एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उद्योगलाई धमाधम बिजुली दिँदै प्राधिकरण, अम्बे स्टील्सलाई ३५ मेगावाट दिने Read Previous

उद्योगलाई धमाधम बिजुली दिँदै प्राधिकरण, अम्बे स्टील्सलाई ३५ मेगावाट दिने

यी हुन् नेप्से १०१ अंकले बढ्दा पनि मूल्य घट्ने ४ कम्पनी Read Next

यी हुन् नेप्से १०१ अंकले बढ्दा पनि मूल्य घट्ने ४ कम्पनी