काठमाडौं । पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालविरुद्ध झन्डै साढे ७ अर्ब कर छलेको आरोपमा मुद्दा दायर भएको छ ।
राजस्व अनुसन्धान विभागले बोटलर्स विरुद्ध ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले बोटलर्स नेपालसहित कोकाकोला साब्को एशियाकाअध्यक्ष, डाइरेक्टर लगायत १७ जना प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । विभागले बोटलर्स नेपाल विरुद्ध पूँजीगत लाभकर छली सम्बन्धी अनुसन्धान गर्दै आएको थियो ।
बोटलर्स नेपाल माथि आधाभन्दा बढी सेयर स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ ।