नेपाल एयरलाइन्सले चैत १३ देखि मुम्बई उडान सुरू गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको मुम्बईमा पुनः हवाई उडान सुरु गर्ने भएको छ ।

 

भारत सरकारले एयर बबल सम्झौता खारेज गर्दै सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले मुम्बईमा पुनः उडान गर्ने भएको हो ।

 

निगमका अनुसार आगामी मार्च २७ मार्च (चैत १३ गते)देखि भारतको मुम्बई उडान सुरु हुनेछ । साताका ३ दिन हरेक बुधबार, शुक्रबार र आइतबार काठमाडौं-मुम्बई उडान हुने निगमले जनाएको छ ।

 

निगमले कोरोना अघि यस रुटमा नियमित उडान गर्दै आएको थियो । कोरोनाका कारण भारतले लगाएको अन्तर्राष्ट्रि उडान प्रतिबन्धका कारण २ वर्षदेखि काठमाडौंबाट मुम्बई सिधा उडान हुन सकेको थिएन ।

 

यस्तै, निगमले आगामी यही ३० गतेदेखि काठमाडौं दिल्ली रुटमा दैनिक दुई उडान गर्ने भएको छ । हाल निगमले यस रुटमा दैनिक एक उडान गर्दै आएको छ ।

कच्चा तेलको भाउ एकैदिन १७ प्रतिशत घट्यो Read Previous

कच्चा तेलको भाउ एकैदिन १७ प्रतिशत घट्यो

ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्स बीच सम्झौता Read Next

ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्स बीच सम्झौता