कच्चा तेलको भाउ एकैदिन १७ प्रतिशत घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो दुई साता यता लगातार बढ्दै आएको कच्चा तेलको भाउ एकैदिन १७ प्रतिशतले घटेको छ ।

 

संयुक्त अरब इमिरेटस (यूएई)ले उत्पादन बढाउन सहयोग गर्ने घोषणा गरेसँगै कच्चा तेलको भाउ घटेको हो । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेकको सदस्य राष्ट्र यूएईले युक्रेनी संकटपछिरुसी तेलमा लगाइएको प्रतिबन्धले बजारमा देखिएको आपूर्ति अवरोध कम गर्न थप तेल उत्पदन गर्ने बारे विज्ञप्ति जारी गरेको थियो ।

 

सो विज्ञप्ति जारी भएँगै कच्च तेलको भाउमा भारी गिरावट आएकोे हो ।रुसले युक्रेनमा युद्ध सुुरु गरेपछि लगातार बढेको कच्चा तेलको भाउ बुधबार घटेको हो ।

 

यूएई र साउदी अरब उत्पादन बढाउने अतिरिक्त क्षमता भएका केही ओपेक देशहरुमा पर्दछन् । रुस, युक्रेन युद्धले तेलको भाउ बढेसँगै अमेरिकारले विश्वका विभिन्न तेल उत्पदक देशहरुलाई उत्पादन बढाउन भनेको थियो ।

 

त्यसो त रुस र युक्रेनबीचको द्वन्द्व साम्य हुने संकेतमा पनि तेल बजारमा बुधबार कमी आएको हो ।

 

पाल्पाली ढाकाको अन्तर्राष्ट्रिय ‘ब्राण्डिङ’ गरिँदै Read Previous

पाल्पाली ढाकाको अन्तर्राष्ट्रिय ‘ब्राण्डिङ’ गरिँदै

नेपाल एयरलाइन्सले चैत १३ देखि मुम्बई उडान सुरू गर्ने Read Next

नेपाल एयरलाइन्सले चैत १३ देखि मुम्बई उडान सुरू गर्ने