१ रुपैयाँको नयाँ सिक्का बजारमा ल्याउँदै राष्ट्र बैंक, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारदेखि नयाँ डिजाइनसहितको १ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ ।

 

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले एक सूचना गारी गर्दै भोलिदेखि १ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याउन लागेको जनाएको हो ।

 

सिक्कामा साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको र बीच भागमा ७ प्रदेशसहितको नेपालको नक्सा रहेको छ ।

 

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ ।

 

सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।नेपालको नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीन हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने एकवटा थोप्ला रहेका छन् ।

 

त्यसैगरी सिक्को पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार चित्र रही त्यसको भित्र वर्गाकार आकृतिको बाहिरिपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म र गदाको आकृति रहेको छ ।

बचत शून्यमा झरेपछि निगमलाई तेल किन्न सरकारले दियो सवा ४ अर्ब Read Previous

बचत शून्यमा झरेपछि निगमलाई तेल किन्न सरकारले दियो सवा ४ अर्ब

सुन आयातमा कडाइ : डलर संचिति बढाउने उपाय कि अवैध करोबारीलाई अवसर ? Read Next

सुन आयातमा कडाइ : डलर संचिति बढाउने उपाय कि अवैध करोबारीलाई अवसर ?