
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गराउन सर्कुलर जारी गरेको छ ।
सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट मार्फत १ हजार भन्दा बढीको पारिश्रमिक (तलब, भत्ता) भुक्तानी गर्दा अनिवार्य प्यान नम्बर चाहिने व्यवस्था गरेको थियो ।
आयकर ऐन २०५८ तथा आयकर नियमावली २०५९ अनुसार जीवन, निर्जीवन र पूर्नबीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरुलाई प्यान अनिवार्य गराउन भन्दै समितिले परिपत्र जारी गरेको हो ।
हालसम्म प्यान नलिएका बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरुलाई सम्बन्धित आन्तरिक राजश्व कार्यालयबाट प्यान लिई बीमा कम्पनीको कार्यालयमा पेश गर्न र निजहरुको नाममा कट्टी भएको रकम सम्बन्धित प्यान उल्लेख गरी दाखिला गराउने व्यवस्था मिलाउन भनिएको छ ।