नेपाल एयरलाइन्सले पायो साउदी अरब उडानको अनुमति, कहिलेदेखि हुन्छ नियमित उडान ?

काठमडौं । साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।

 

साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसीए) ले आइतबार नेवानिलाई उडानको अनुमति दिएको हो । जेएसीएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ ।

 

यसैबीच नेवानिले एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।

 

यसअघि साउदीमा हिमालय एयरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन ।

 

निगम साउदी नगएकै कारण त्यसताका गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने/लैजाने गर्न थालेको हो ।

बेनी-जोमसोम सडक दैनिक ५ घण्टा बन्द हुने Read Previous

बेनी-जोमसोम सडक दैनिक ५ घण्टा बन्द हुने

ठूला हाउजिङ प्रोजेक्ट अघि बढाउँदै उत्तर कोरिया, १० हजार अपार्टमेन्ट निर्माण सुरू Read Next

ठूला हाउजिङ प्रोजेक्ट अघि बढाउँदै उत्तर कोरिया, १० हजार अपार्टमेन्ट निर्माण सुरू