तारा एयरको पोखरा-जोमसोम नियमित उडान सुरू, भाडा कति ?

काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले दुई महिनापछि पोखरा–जोमसोम नियमित उडान सुचारु गरेको छ ।

 

प्रतिकूल मौसम र यात्रु अभावका कारण गत पुस ५ गतेदेखि बन्द भएको पोखरा( जोमसोमको नियमित उडान आइतबारदेखि पुनः सुरू भएको हो ।

 

आज पुनः उडान सुरू गरेकै दिन ताराले ५ वटा उडान गरेको छ । तारा एयरका अनुसार अधिकांश यात्रु भारतीय र अन्य विदेशी नागरिक थिए ।

 

यो रुटका लागि ताराको एउटा ट्वीनअटर विमानले पोखरा बेस बनाएर नियमित उडान गर्नेछ । यस रुटको भाडा नेपाली नागरिकका लागि ४ हजार ८०० रुपैयाँ र भारतीयसहित विदेशीका लागि ८ हजार ७८५ रुपैयाँ रहेको जनाइएको छ ।

 

आन्तरिक र बाह्य पर्यटकसँगै स्थानीयलाई पोखरा–जोमसोम आवतजावत गर्न सजिलो बनाउन उडान सुरू गरेको एयरलाइन्सले जनाएको छ । ताराले मुलुकका विभिन्न विकट गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम झन्डै आधा सकियो, अब कति मिटर खन्न बाँकी छ ? Read Previous

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम झन्डै आधा सकियो, अब कति मिटर खन्न बाँकी छ ?

बेनी-जोमसोम सडक दैनिक ५ घण्टा बन्द हुने Read Next

बेनी-जोमसोम सडक दैनिक ५ घण्टा बन्द हुने