सुनको भाउ एकैदिन २ हजार बढ्यो, तोलाको १ लाख नाघ्यो

काठमाडौं । सुनको भाउ ह्वात्तै बढेको छ । आइतबार एकैदिन २ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ पुगेको हो ।

 

शुक्रबार छापावाला सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ ।आइतबार चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँ पुगेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकाशिएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो । पछिल्लो समय रुस र युक्रेन बीच भइरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढेको छ ।

हवाई 'हब' बन्दै पोखरा, सबै प्रदेशसँग जोडिँदै, यी ठाउँमा हुन्छ सिधा उडान Read Previous

हवाई 'हब' बन्दै पोखरा, सबै प्रदेशसँग जोडिँदै, यी ठाउँमा हुन्छ सिधा उडान

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघिअघि, सरकार पछिपछि Read Next

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघिअघि, सरकार पछिपछि