सुनको मूल्य तोलाको १ लाख नजिक

काठमडौं । सुनको मूल्य तोलाकै १ लाख रुपैयाँ नजिक पुगेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९८ हजार ५०० थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १हजार ३८० कायम रहेको महासङ्घले जनाएको छ ।

 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३५ डलर आसपास कारोबार भइरहेको छ ।

नेपाल बैंकले माग्यो ३०३ जना कर्मचारी, कुन पदमा कति ? Read Previous

नेपाल बैंकले माग्यो ३०३ जना कर्मचारी, कुन पदमा कति ?

इमर्जिङ नेपालको सेयर आइतबारदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ? Read Next

इमर्जिङ नेपालको सेयर आइतबारदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ?