इमर्जिङ नेपालको सेयर आइतबारदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । इमर्जिङ नेपालको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

 

शुक्रबार कम्पनीको संस्थापकतर्फको ५० लाख ४०० कित्ता र सर्वसाधरणतर्फ (आइपीओ) ५ लाख ५५ हजार ६०० कित्ता गरी कुल ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रिसेसनमा कारोबार हुन नसके सो दिन कम्पनीको सेयर कारोबार हुने छैन ।

 

कम्पनीको सेयर कारोबारका लागि नेप्सेले ENL संकेत चिह्न प्रदान गरेको छ । इमर्जिङको सेयर कारोबारका लागि नेप्सेले १०५.११ रुपैयाँदेखि ३१५.३३ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ । यही बीचमा कम्पनीको पहिलो कारोबार खुल्नेछ ।

सुनको मूल्य तोलाको १ लाख नजिक Read Previous

सुनको मूल्य तोलाको १ लाख नजिक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो Read Next

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो