नेप्सेमा ७३ अंकको उतरचढाव, हाइड्रोपावरमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारले आज पनि सोही लय समातेको हो ।

 

अमेरिकी अनुदान सहायता एमसीसी सदनबाट पारितभएसँगै लगानीकर्ता उत्साहित हुने आकलन गरिए पनि नेप्सले भने उल्टो यात्रा तय गरेको छ । बजार खुल्नसाथै ३० अंकले बढेको बजार अन्त्यमा ४३ अंकले घटेर बन्द भएको छ । नेप्सेमा दिनभरमा ७३ अंकको उतरभढाव देखिएको छ ।

 

सूचाकमा ठूलो गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३९ करोड रुपैयाँले बढेर झन्डै पौने ४ अर्ब पुगेको छ ।

 

सोमबार नेप्से ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा आइपुगेको छ । आज २२७ कम्पनीको ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रुपैयाँ बराबरको ७८ लाख ३४ हजार ९१५ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.०९ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार, फाइनान्स, निर्जीवन बीमा समूहको परिसूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

कारोबार भएका २२७ कम्पनीमध्ये जम्मा २० कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

सोमबार अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर झन्डै १५ करोड र हिमालयन डिस्ट्रलरी १३ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । तेह्रथुम पावर र सामलिङ पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

 

त्यसैगरी, दिव्यश्वरी हाइड्रोपावर ८.५५, मैलुङखोला र न्यादी हाइड्रोपावर साढे ६, घलेम्दी, शिवश्री हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ६ प्रतिशतले घटेको छ ।

 

त्यस्तै, युनाइटेड इदी मर्दी, लिबर्टी इनर्जी र रुरु जलविद्युत्को सेयर मूल्य ५ प्रतिशतले घटेको छ भने एक्सल डेभलपमेन्ट बैंक, रसुवागढी, नेशनल हाइड्रो, राष्ट्रिय बीमा कम्प्नीसहित १ दर्जन कम्पनीको मूल्य ४ प्रतिशतले घटेको छ ।

मर्जरमा जाने बीमा कम्पनीले यस्ता थप ८ सुविधा पाउने Read Previous

मर्जरमा जाने बीमा कम्पनीले यस्ता थप ८ सुविधा पाउने

'डिजिटल वालेट'ले ट्राभल एजेन्सीको टिकट व्यापार सुकाएकै हुन ? Read Next

'डिजिटल वालेट'ले ट्राभल एजेन्सीको टिकट व्यापार सुकाएकै हुन ?