रुसी आक्रमणमा परी विश्वको सबैभन्दा ठूलो विमान क्षतिग्रस्त

काठमाडौं । रुसको आक्रमणबाट विश्वकै सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ-२२५’ क्षतिग्रस्त भएको छ । रुसी आक्रमणमा परी युक्रेनको राजधानी कीभ नजिकै  गोस्टोमेल एयरफिल्डमा मर्मतको क्रममा रहेको उक्त जहाज क्षतिग्रस्त भएको हो ।

 

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी आक्रमणमा परी ‘एन्टोनोभ–२२५’ विमान क्षतिग्रस्त भएको जानकारी गराएका छन् ।६ वटा इन्जिन भएको ८४ मिटर लामो एन्टोनोभ कार्गो विमान विश्वकै ठूलो हो । यो विमानले सन् १९८८ मा पहिलो पटक उडान भरेको थियो ।

 

एन्टोनोभको व्यवस्थापन गर्दै आएको युक्रेनको सरकारी रक्षा कम्पनी युक्रोबोरोनप्रोमका अनुसार विमानको मर्मतका लागि ५ वर्षभन्दा बढी समय र ३ अर्ब अमेरिकी डलर लाग्न सक्नेछ ।

 

युक्रेनको उड्डयन र हवाई कार्गो क्षेत्रमा रुसले जानाजान क्षति पुर्याएको भन्दै विमानको सम्पूर्ण मर्मत लागत रुसले बेहोर्नुपर्ने पनि कम्पनीले जनाएको छ । एजेन्सी

युक्रेनलाई दशौं लाख बिटक्वाइन चन्दा सहयोग Read Previous

युक्रेनलाई दशौं लाख बिटक्वाइन चन्दा सहयोग

मर्जरमा जाने बीमा कम्पनीले यस्ता थप ८ सुविधा पाउने Read Next

मर्जरमा जाने बीमा कम्पनीले यस्ता थप ८ सुविधा पाउने