अब वैदेशिक रोजगारीमा जानेको पीसीआर निःशुल्क, यी अस्पतालमा हुन्छ

काठमाठौं । सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

 

सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निःशुल्क हुनेछ ।

 

यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८०० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्थ्यो । पीसीआर परीक्षण गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ ।

 

यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो ।

चुनावमा पराजयपछि बाख्रापालनमा होमिएका हरिकिशोर Read Previous

चुनावमा पराजयपछि बाख्रापालनमा होमिएका हरिकिशोर

सुन तस्करीको अखडा बन्दै त्रिभुवन विमानस्थल, कर्मचारी नै संलग्न Read Next

सुन तस्करीको अखडा बन्दै त्रिभुवन विमानस्थल, कर्मचारी नै संलग्न