काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको ७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (फागुन १६ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
हिमालयनले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले फागुन ३० गते २८ औं वार्षिक साधरण सभा बोलाएको छ ।
प्रस्तावित लाभांश कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।