काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सयेर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले फागुन ११ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड २८ लाख ७५ हजार ५०० रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ भर्ने आज अन्तिम दिन हो ।
निष्काशन भएको कुल सेयरमध्ये ०.५ प्रतिशत (१२ हजार ७५० कित्ता) संस्थाका कर्मचारी र ५ प्रतिशत (४१ हजार ४३७ कित्ता) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको संकेत गर्दछ।
हाल १७ करोड २१ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ वितरणपछि २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।
कति कित्ता भर्नु उपयुक्त ?
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।
कम्पनीले सर्वसाधरणलाई ७ लाख ७४ हजार ५६३ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ७७ हजार ४५६ जनालाई मात्र सेयर दिन पुग्छ ।
यसअघि खुलेका आइपीओमा २६ लाख बढीले आवेदन दिँदै आएका छन् भने हालसम्म १७ लाख बढीले आवेदन दिइसकेका छन् । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात् १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।