एजेन्सी । रुसले बेलायती विमानमाथि प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमा आक्रमण गरेसँगै जवाफमा बेलायतले रुसी ध्वजाबाहक एरोफ्लोटलाई बेलायतमा अवतरण गर्न रोकेको थियो । त्यसको प्रतिवादमा रुसले पनि बेलायतसँग जोडिएका सबै विमानलाई हवाई क्षेत्र प्रवेशमा प्रतिबन्ध लगाएको हो ।
‘बेलायतसँग जोडिएको वा दर्ता गरिएको संस्थाको स्वामित्वमा रहेको, भाडामा लिइएको वा सञ्चालनमा रहेका विमानहरूको उडानका लागि रूसी हवाई क्षेत्रको प्रयोगमा प्रतिबन्ध लगाइएको छ,’ रुसी उड्डयन प्राधिकरणद्वारा जारी आदेशमा भनिएको छ ।
रुसले बेलायतको कदमलाई ‘बेलायतका उड्डयन अधिकारीहरूको अमैत्रीपूर्ण निर्णय’को संज्ञासमेत दिएको छ ।