आइफोन ११ सिरिजमा ३ नयाँ आइफोन सार्वजनिक, नयाँ चीपसेट र क्यामरा सेटअप

अमेरिकी टेक कम्पनी एप्पलले मंगलबार आफ्नो नयाँ आइफोन सिरिज सार्वजनिक गरेको छ । कम्पनीले आइफोनसहित सो इभेन्टमार्फत एप्पल वाच, एप्पल आइप्याड, एप्पल टिभी प्लस लगायतका प्रडक्टहरु पनि सार्वजनिक गरेको छ ।

 

एप्पलले सार्वजनिक गरेको आइफोन ११ सिरिजमा आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स फ्ल्यागशिप फोनहरु लन्च भएका छन् ।

 

कम्पनीले ल्याउने आइफोन ११ मा एप्पलको नयाँ चीप ए१३ बायोनिक चीप प्रयोग गरिएको छ भने यसमा ड्यूल क्यामरा सेटअप रहेको छ । यसलाई सिरिजको सस्तो आइफोनको रुपमा ल्याईएको छ, जून आइफोन एक्सआरको अपग्रेडको रुपमा आएको छ । यसबाहेक वाटर रेसिस्ट्यान्ट एण्ड ड्यूराबिलिटीको स्तर बढाईएको छ ।

 

आइफोन ११ प्रो र प्रो म्याक्स भने यसअघिको आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्सको अपग्रेडको रुपमा आएको छ । यी आइफोनहरुमा भने कम्पनीले ट्रिपल क्यामरा सेटअप राखेको छ । जसलाई स्क्वायर क्यामरा बम्प डिजाइन दिईएको छ । यी सबै आइफोनहरुमा कम्पनीले १२ मेगापिक्सेलको क्यामरा सेन्सर प्रयोग गरेको छ भने सेल्फीका लागि समेत १२ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यसमा नाइट मोड फीचर राखिएको छ ।

 

एप्पलले पहिलो पटक आइफोन सिरिज ११ मा सेल्फीका लागि स्लो मोसन फीचर राखेको छ जसलाई कम्पनीले स्लोमोफी नाम दिएको छ । यी क्यामराहरुले फोरके भिडियो ६० फ्रेम प्रति सेकेण्डमा खिच्ने क्षमता राख्दछ ।

 

एप्पलले आइफोन सिरिज बाहेक एप्पल वाचको नयाँ भर्सन पनि सार्वजनिक गरेको छ । जसमा नयाँ सेरामिक र टाइटानियम केस अप्सन पनि उपलब्ध रहेका छन् । नयाँ एप्पल वाच ५मा स्लीप ट्र्याक फीचर रहेको छ भने यसमा पुरानै प्रोसेसर प्रयोग गरिएको छ ।

 

कम्पनीले नयाँ आइफोनको ब्याट्री पावरमा पनि सुधार गरेको छ जसले गर्दा यसअघिको आइफोनहरु भन्दा कम्तिमा १ घण्टादेखि ५ घण्टासम्म अतिरिक्त प्रयोग गर्न सकिन्छ ।

 

कम्पनीले सबैभन्दा कम मूल्यको आइफोन ११ को शुरुवाती मूल्य ६९९ डलरदेखि तोकिएको छ । त्यस्तै आइफोन ११ प्रोको शुरुवाती मूल्य ९९९ डलर देखि रहेको छ ।

 

 

अर्को आइफोन ११ प्रो म्याक्सको मूल्य १,०९९ डलरदेखि शुरु हुनेछ । यी तीनवटै आइफोनहरु यहि शुक्रबारदेखि बुकिंगका लागि उपलब्ध हुनेछन भने बजारमा सेप्टेम्बर २० देखि उपलब्ध हुनेछ ।

 

आइफोन ११ विभिन्न ६ कलर अप्सनमा उपलब्ध हुनेछन् । एप्पलका नयाँ आइफोनहरु बजारमा सेप्टेम्बर २० तारिखदेखि मात्र उपलब्ध हुनेछन् ।

 

कम्पनीले सेभेन्थ जेनेरेशनका नयाँ आइप्याड सिरिज पनि सार्वजनिक गरेको छ । नयाँआइप्याड ल्यापटप भन्दा २ गुणा तिब्रगतिको भएको कम्पनीको दाबी छ । यसबोहक कम्पनीले एप्पल टिभी प्लस, एप्पल आर्केड र एप्पल रिटेलको नयाँ अफरहरु पनि सार्वजनिक गरेको छ ।

धेरै भ्रष्टाचार हुने जिल्लाको सूचीमा तनहुँ तेस्रो Read Previous

धेरै भ्रष्टाचार हुने जिल्लाको सूचीमा तनहुँ तेस्रो

अब निजी कम्पनीहरुले पनि ग्राहकको 'केवाइसी' विवरण राख्नुपर्ने Read Next

अब निजी कम्पनीहरुले पनि ग्राहकको 'केवाइसी' विवरण राख्नुपर्ने