१ वर्षमै बिक्यो १४९९ निसान म्याग्नाइट

काठमाडौं । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले १ वर्षको अवधिमा १ हजार ४९९ वटा निसान म्याग्नाइट कार बेचेको छ ।

 

सन् २०२१ फेब्रुअरी २२ देखि नेपालमा विक्री सुरु गरेको कम्पनीले २०२२ को फेब्रुअरी २२ सम्म सो संख्याका निसान म्याग्नाइट विक्री गर्न सफल भएको हो ।

 

नेपाल प्रवेश गरेसँगै अहिलेसम्म निसान म्याग्नाइट २ हजार २२६ वटा बुकिङ्ग भइसकेको छ । १ वर्षको वार्षिकोत्सव पायोनियर मोटो कर्पका लागि कोशेढुंगा साबित भएको छ ।

 

१ वर्षको छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्यूटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ । यसका साथै निसान म्यागनाइटले “कम्प्याक्ट एसयूभी अफ द इयर”, टप गियर अवार्डस् २०२१, “ड भ्यालू फर मनी कार अफ द इयर”, का अटोकार अवार्डस् “अटोमोबाइल ग्याजेट अफ द इयर” , र कार एण्ड बाइक्स् २०२१ को बिजेता हुनु का साथै सुरक्षामा ग्लोबल एनक्याप ४ स्टार रेटिङ्ग हासिल गर्न सफल भएको छ ।

 

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशकसन्दीप कुमार शारदाले निसान म्याग्नाइटको लागि अपार माया र समर्थन देखाएकोमा सम्पूर्ण ग्राहक शुभचिन्तक एवं मिडियाकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

 

एनएमबी बैंकको नौलो बचत योजना : आस्वादेखि मेरोसेयरसम्म निःशुल्क, यस्ता छन् अरू सुविधा Read Previous

एनएमबी बैंकको नौलो बचत योजना : आस्वादेखि मेरोसेयरसम्म निःशुल्क, यस्ता छन् अरू सुविधा

युनाइटेड इदी मर्दी हाइड्रोको सेयर मूल्यमा लगातार पाँचौ दिन सर्किट, कसले उचाल्दै छ भाउ ? Read Next

युनाइटेड इदी मर्दी हाइड्रोको सेयर मूल्यमा लगातार पाँचौ दिन सर्किट, कसले उचाल्दै छ भाउ ?