चीनमा धमाधम बन्दै साझाका विद्युतीय बस, चैतभित्रै ३ वटा ल्याउने

काठमाडौं । चिनियाँ कम्पनी सीएचटीसी (नान्जिङ) अटो कम्पनी लिमिटेडले साझा यातायातका लागि ४० वटा विद्युतीय बस धमाधम निर्माण गरिरहेको छ । असोज २२ गते साझा यातायात र चीनको सीएचटीसी कम्पनी बीच भएको सम्झौता अनुसार हाल चिनियाँ कम्पनीले विद्युतीय बस निर्माण गरिरहेको हो ।

 

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सामाजिक सञ्जालमा बन्दै गरेको बसको फोटो सार्वजनिक गर्दै चीनमा साझाका बस धमाधम बनिरहेको जानकारी गराएका छन् । ४० ओटा बसमध्ये सडक परीक्षणका लागि ३ वटा बस यही चैत भित्रै ल्याइसक्ने उनले बताएका छन् ।

 

३ वटा बस ल्याएर सकड परीक्षण सफल भएपछि बाँकी ३७ वटा बस ल्याइने उनले बताएका छन् । हाल चिनियाँ कम्पनीले साझाका साढे ८ मिटर लामो बस बनाइरहेको छ । साझा यातायातले भ्याट सहित ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याउने भएको हो । एउटा गाडीको मूल्य भ्याट सहित डेढ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ । उक्त कम्पनीले बस ल्याएको ५ वर्षको मर्मत सम्भार समेत निःशुल्क गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।

 

बसका लागि आवश्यक चार्जिङ स्टेशन सोही कम्पनील बनाउने छ । कम्पनीले २० वटा चार्जिङ स्टेसन बनाइ दिने छ । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् ।

नेष्डो समृद्ध लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Previous

नेष्डो समृद्ध लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

सेवाग्राहीलाई सास्ती दिँदै भन्सारको अनलाइन, तिरेको पैसा पनि देखाउँदैन Read Next

सेवाग्राहीलाई सास्ती दिँदै भन्सारको अनलाइन, तिरेको पैसा पनि देखाउँदैन