भक्तपुर । सूर्यविनायक नगरपालिका–६ पाण्डोबजारमा अहिलेसम्मकै ठूलो ‘कृष्ण कन्हैया डिपार्टमेन्ट स्टोर’ सञ्चालनमा आएको छ । उक्त डिपार्टमेन्ट स्टोर जीआरएस कम्पनीले सञ्चालनमा ल्याएको हो ।
युवा व्यवसायीद्धय गोकूल वन र राजु सुवालको १ करोडको संयुक्त लगानीमा सञ्चालनमा आएको स्टोरले फागुन महिनाभरी उपभोक्तालाई प्रत्येक सामानमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने उनले बताए ।
कम्पनीका सञ्चालक वनले भने, ‘काठमाडौंँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा गरी १२ सहरको मुख्य बजारमा डिपार्टमेन्ट स्टोरको शाखा विस्तार गर्ने हाम्रो लक्ष्य छ, भक्तपुरबाट हामीले डिपार्टमेन्ट स्टोर सञ्चालन सुरु गरेका छौं, कुल १२ करोडको लागतमा १२ ठाउँमा यसको शाखा विस्तार गरेर उपभोक्तालाई सहज र सुलभ सेवा दिने हाम्रो उद्देश्य हो ।’
कम्पनीका अर्का सञ्चालन राजु सुवालले उपभोक्तालाई दैनिक उपभोग्य सामानहरु एकै ठाउँमा सस्तो, सुलभ र सहज रुपमा उपलब्ध गराउने उद्देश्यले डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको बताए ।
सुवालले भने, “दैनिक उपभोग्य सामान खोज्न उपभोक्तालाई अब पसल पसल चाहर्नु पर्दैन, बजारको अस्वथ्य मूल्यको मारमा पनि पर्नु पर्दैन, ग्राहकको सन्तुष्टी नै हाम्रो उपलब्धी हो, त्यसैले हामीले सस्तो, सुलभ र गुणस्तरीय सामान उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउने प्रण गरेका छौँ ।”
उपत्यकाका विभिन्न ठाउँमा शाखा खोलेर आम उपभोक्तालाई सेवा दिने लक्ष्य रहेकाले ‘कृष्ण कन्हैया डिपार्टमेन्ट स्टोर’ आम उपभोक्ताको मनमनमा बस्ने गरी सेवा दिने बताए ।