बैंकिङ कसुरको आरोपमा मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरको आरोपमा मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ परेका छन् । ग्रीन लाइनका सञ्चालक अग्रवाललाई प्रहरीले शनिबार प्रक्राउ गरेको हो ।

 

उनलाई हाल अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार चेक बाउन्सको उजुरीपछि अग्रवाललाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरिएको छ ।

 

अग्रवालमाथि संजय अधिकारीलाई दिएको ५० लाख र टंक शम्शेर जबरालाई दिएको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको आरोप छ ।

 

बैंक र मिटरब्याजीको १ अर्ब बढी ऋण तिर्न नसकेपछि अमितसहित उनका परिवारका ९ सदस्य गत पुस २२ गते भारत गएका थिए । त्यसपछि उनी माघ २३ गते काठमाडौं फर्किएका थिए ।

 

नेपाल आए लगत्तै पत्रकार सम्मेलन गर्दै अग्रवालले आफूले बैंक सबै ऋण तिर्ने र उक्त ऋणभन्दा बढी सम्पत्ति भएको बताएका थिए ।

वीरगञ्ज भन्सारद्धारा लक्ष्यभन्दा धेरै राजस्व असुली, ७ महिनामै उठ्यो सवा १ खर्ब Read Previous

वीरगञ्ज भन्सारद्धारा लक्ष्यभन्दा धेरै राजस्व असुली, ७ महिनामै उठ्यो सवा १ खर्ब

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी