वीरगञ्ज भन्सारद्धारा लक्ष्यभन्दा धेरै राजस्व असुली, ७ महिनामै उठ्यो सवा १ खर्ब

काठमाडौं । नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगञ्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा पनि देखिएको छ ।

 

कोरोना सङ्क्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यपारले गति लिएकाले राजश्व सङ्कलन बढेको हो । उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा सङ्कलित राजश्वको तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ ।

 

गत आर्थिक वर्षको ७ महिनामा रु ८८ अर्ब ५० करोड ४८ लाख राजश्व सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख राजश्व सङ्कलन गर्न वीरगन्ज भन्सार सफल भएको छ । यो गत आवको सङ्लित राजश्वको भन्दा रु ३३ अर्ब २२ करोड ३६ लाख बढी हो ।

 

चालु आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले रु १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख राजश्व सङ्कलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्य भन्दा ४.३ बढी अर्थात् रु ५ अर्ब १ करोड ७८ लाख बढी सङ्कलन गर्न सफल भएको कार्यालयले जनाएको छ ।

 

सवारी साधनको आयातबाट सङ्कलित राजश्वमा २३.२१ प्रतिशत र इन्धनको आयातमा ३७.९१ प्रतिशत बढी राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

पाँचखालमा स्मार्ट सिटी बनाउन निफ्राले गर्‍यो सिंगापुरको कम्पनीसँग सम्झौता Read Previous

पाँचखालमा स्मार्ट सिटी बनाउन निफ्राले गर्‍यो सिंगापुरको कम्पनीसँग सम्झौता

बैंकिङ कसुरको आरोपमा मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ Read Next

बैंकिङ कसुरको आरोपमा मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ