३ लघुवित्तको सेयर किन्दा अझै लाभांश पाइने, यी ५ वटाको घोषणा हुन बाँकी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत ५० लघुवित्तमध्ये ६ लघुवित्तले अझै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ ।

 

हालसम्म सूचीकृत ४४ लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् भने ४१ वटाले साधरण सभाबाट पारित समेत गरिसकेका छन् भने ३ वटाको साधरण सभा हुन बाँकी छ । त्यस्तै, बाँकी ६ लघुवित्तले भने अहिलेसम्म लाभांश घोषणा गरेका छैनन् ।

 

हालसम्म लाभांश घोषणा गर्न बाँकी लघुवित्तहरुमा मानुषी लघुवित्त, ग्रामीण विकास, समाज लघुवित्त, घोडाघोडी, विन नेपाल र नयाँ सारथी लघुवित्त रहेका छन् ।

 

लाभांश घोषणा गरेकामध्ये ३ लघुवित्तको सेयर किन्दा अझै प्रस्तावित लाभांश पाइन्छ । जीवन विकास, आरम्भ चौतारी र किसान लघुवित्तले साधरण सभा प्रयोजनका लागि बुकक्लोज गरेका छैनन् । तसर्थ, अझै सेयर किन्दा जीवन विकासको ७३.६८, आरम्भ चौतारीको २१ र किसान लघुवित्तको २५ प्रतिशत लाभांश पाइन्छ ।

 

लाभांश घोषणा गरेका ४४ लघुवित्तमध्ये सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्थाले गरेको छ । जीवन विकासले गत आवको मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

यस्तै, सबैभन्दा कम लाभांश एनआइसी एशिया लघुवित्त रहेको छ । एनआइसीले गत वर्षको नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश दिएको छ ।

यस्तो छ विश्वकै सबैभन्दा ठूलो ई-कमर्श कम्पनी अमेजनको 'बिजनेश मोडल' Read Previous

यस्तो छ विश्वकै सबैभन्दा ठूलो ई-कमर्श कम्पनी अमेजनको 'बिजनेश मोडल'

राष्ट्र उत्थान लघुवित्तको आइपीओमा रेकर्ड ब्रेक आवेदन, कतिले भरे ? Read Next

राष्ट्र उत्थान लघुवित्तको आइपीओमा रेकर्ड ब्रेक आवेदन, कतिले भरे ?