राष्ट्र उत्थान लघुवित्तको आइपीओमा रेकर्ड ब्रेक आवेदन, कतिले भरे ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा २६ लाख बढीले आवेदन दिएका छन् ।

 

सीडीएससीका अनुसार लघुवित्तको आइपीओमा २६ लाख २६ हजार ९० जनाले ३ करोड ४ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् ।यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

 

यो अहिलेसम्म कुनै पनि कम्पनीको आइपीओमा परेको सबैभन्दा धेरै आवेदन हो । यसअघि जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा सवा २४ लाखले आवेदन दिएका थिए ।

 

लघुवित्तले फागुन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर विक्रीम ल्याएको थियो ।

 

निष्काशित कुल सेयरमध्ये ०.५ प्रतिशत (१३ हजार कित्ता) संस्थाका कर्मचारी र ५ प्रतिशत (४२ हजार ५०० कित्ता) सामूहिक लगानी र ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

हाल १७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ वितरणपछि २६ करोड पुग्नेछ।

३ लघुवित्तको सेयर किन्दा अझै लाभांश पाइने, यी ५ वटाको घोषणा हुन बाँकी Read Previous

३ लघुवित्तको सेयर किन्दा अझै लाभांश पाइने, यी ५ वटाको घोषणा हुन बाँकी

एमसीसी कार्यन्वयन भएपछि देशले देशले आर्थिक लाभ लिनेछ : परिसंघ Read Next

एमसीसी कार्यन्वयन भएपछि देशले देशले आर्थिक लाभ लिनेछ : परिसंघ