काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ई–कमर्श कम्पनी अमेजनका मालिक जेफ बेजोसले सन् १९९४ मा आफ्नै बिजनेश गर्न इन्भेष्टमेन्ट बैंकबाट जागिर छोडे । त्यसबेला इटरनेटको जबरजस्त विकास भइरहेको थियो । उक्त समयमा उनले किताब बेच्ने एउटा अनलाइन बिजनेश खोल्ने सोच बनाए । बेजोसले काडार्बर नामक अनलाइन किताब व्यवसाय संञ्चालनमा ल्याए । पछि ग्राहाकले त्यसको नाम परिवर्तन गर्न सुझाव दिए ।
ग्राहकका कुरा सुनेपछि उनले अर्को नाम परिवर्तन गर्ने सोच राखे । त्यसपछि उनले अओइक डटकम्, ब्राउज डटकम्, बुकमोल डटकम, रिलेन्टनेस डटकम नामको डोमेन दर्ता गरे । आजको दिनमा अमेजन यस्तो डोमेन हो जहाँ, अनलाइनमा सर्च गर्ने बित्तिक्कै सामानको डिल गर्न सकिन्छ ।
बेजोसले अन्तिममा अमेजनको नाम यस अर्थमा राखेका थिए कि अमेजन विश्वकै सबैभन्दा ठूलो जंगलको नाम हो । संसारकै सबैभन्दा ठूलो नदी पनि अमेजनकै नाम हो ।
कोरोना महामारीले संसार नै लकडाउनमा गयो । मानिसले घरमै सामान मगाउन थाले । यसले गर्दा अमेजनको बिजनेश सफल बन्दै गयो भने बेजोस संसारकै धनाढ् व्यक्तिको सूचीमा पर्न सफल भए ।
बेजोस जुन बिजनेश बनाउन चाहान्थ्ये त्यो आज दुनियाँको सबैभन्दा ठूलो बुक स्टोर कम्पनी बनेको छ । रोचक कुरा त के भने आजको दिनमा अमेजन विश्वको सबैभन्दा ठूलो बुक स्टोर मात्रै बनेको छैन् सबै सामान किन्न सकिने अनलाइन स्टोर पनि बनेको छ । यसका अलवा अमेजन प्राइम भिडियो एकमात्र लारजेस्र्ट ओटीटी प्लेटर्फम बनेको छ ।
यसैगरी, अमेजन वइभ सर्भिस त्यस क्षेत्रको पहिलो बनेको छ, अमेजन एलेक्जा, अमेजन किन्डल, अमेजन ड्राइभ, अमेजन म्यूजिक, अमेजनका अडिबल र अमेजन पे का साथै खाद्यान्न समेत डेलिभर गर्न थालेको छ ।अमेजनले एकपटक अमेजन फायर नामक मोबाइल फोन समेत ल्याउने प्रयास गरेको थियो । यद्यपि, हाल उक्त आइडिया फेल भएको छ ।
अमेजन यत्ति धेरै क्षेत्रमा सबैभन्दा ठूलोे अनलाइन कम्पनी बनेको छ । यो कसरी सम्भव भयो ? अर्थात् अमेजनको बिजनेश मोडल केहो ? संसारका जो कोही उद्यमी बन्न चाहने वा व्यवसाय गरिरहेकाहरूको लागि जिज्ञासा हुनसक्छ ।
त्यो बेलाको लागि किताबको अनलाइन स्टोर बनाउने बेजोसको विचारलाई एकदमै राम्रो मानिएको थियो । भौतिक रूपमै पुस्तक पसलमा गएर खरिद गनुपर्ने झन्झटबाट मुक्त पाउने हिसाबले धेरैको लागि आकर्षक र प्रेरणाको केन्द्र बनेको थियो ।
अमेजनले त्यसको केही समयपछि मेरो बुक खरिद वेबसाइट सुरू गर्यो । अनलाइन किताब खरिद गर्नुको फाइदा यो थियो कि एकै ठाउँमा ग्राहकको लागि धेरै प्रकारका किताब पाइन्थे ।

सन् १९९५ मा उनले आफ्नो पहिलो वेइबसाइट लन्च गरेका थिए । सोही वर्षको केही अवधिमा १ लाख ८० हजार बढी उनका ग्राहक बनिसकेका थिए । सन् १९९७ को अवधिसम्म आइपुग्दा १४८ मिलियन डलरको उनको सम्पत्ति पुगिसकेको थियो । त्यसपछि बेजोसले आफनो कम्पनीलाई प्राइभेट राख्नुभन्दा सार्वजनिक बनाएर स्टक मार्केटमा कारोबार गर्ने योजना बनाए ।
सन् १९९७ मै अमेजन पब्लिक कम्पनी बन्यो । त्यसको एक वर्षपछि १९९८ सम्म पुग्दा कम्पनीको पूँजी ६०० मिलियन डलर पुगिसकेको थियो ।
‘फ्लाइ ह्वील’को रफ्तारमा बिजनेश
कम्पनीको सफलताकोपछि दुई मुख्य कारण रहेको बताइन्छ । पहिलो अमेजनले ग्राहकहरूको अकर्षणका लागि विभिन्न अफरहरू ल्याउने गरेको थियो । दोस्रो कम्पनीलाई फ्लाइ ह्वील एफेक्ट नामले चिन्ने गरिएको थियो ।
फ्लाइ ह्वील यो हो कि जुन घुम्न थालेपछि रोकिदैन् । त्यो अवधिमा अमेजनको बिजनेश मोडल पनि फलाइ ह्वीलको रूपमा अघि बढ्दै गएको थियो । मिलियनभन्दा बढी किताब स्टक भएको उक्त कम्पनीले सस्तो मूल्यमै बेच्ने गरेको थियो । ग्राहक पनि उनको सेवाबाट सन्तुष्ट र खुसी थिए । अमेजनको बिजनेश बढ्दै गएपछि कम्पनीले ग्राहकको सेवालाई ध्यानमा राखेर थप परिष्कृत बनाउन ध्यान दियो ।
सन् १९९८ मा बेजोसले किताब मात्रै नभएर कम्प्युटर,म्युजिक लगायत अन्य वस्तुहरूको अनलाइन स्टोर मार्फत खरिद विक्री गर्ने सोच बनाए । सोही वर्षदेखि किताब, कम्प्युटर गेम, म्युजिक गरेर अमेजनको बिजनेश फैलिँदै गयो । त्यसपछि बेजोसले आफ्नो बिजनेशमा जबरजस्त सफलता हाँसिल गरे ।
अमेजनको कुल नाफामा ४० प्रतिशत योगदान अमेजन वेभ सर्भिसको रहेको छ । संसारको ठूला अनलाइन कम्पनीहरू फेसबुक, लिङ्कडिन, पिनटेस्ट लगायतका डेटा स्टोर गर्ने काम यस कम्पनीले गरिरहेको छ ।
सोही साता टाइम म्यागजिनमा उनको फोटो छापियो र सन् १९९९ मा बेजोस टाइम अफ दी इयर बने । योसँगै अमेजनको व्यवसाय रफ्तारमा अघि बढ्दै गयो । उनले त्यसबेला नै एउटा यस्तो आइडिया लगाए ‘वान क्लीक बट्न’ जसबाट ग्राहकहरूले विभिन्न सामान खरिद गर्न सक्थ्ये ।
वास्तवमा त्यो बट्न एकदमै राम्रो आइडिया यस अर्थमा थियो कि एक क्लिक गर्ने वित्तिक्कै सामान डेलिभरी हुन्थ्यो । अमेजनको उक्त आइडियाबाट धेरै ग्राहकहरू प्रभावित हुन पुगे ।
त्यसै वर्ष बेजोसले बनाएको ‘बाइ वान बीन वान’ क्लिक बटनले ग्राहकको आकर्षक बढ्यो भने अर्को सामान खरिद गर्ने ग्राहकको गोप्य विवरण र उसले गरेका क्रियाकलापहरू कम्पनीले थाहा पाउने भयो ।
ग्राहकले कुन प्रकारका सामान हेरिरहेका छन् र कस्ता सामान खरिद गर्न खोजिरहेको छ भन्ने थाहा पाएपछि अमेजनले सजेष्ट गरेर सामान राख्न थाल्यो । यसका साथै कम्पनीले विज्ञापन पनि राख्न सुरू गर्यो र जसबाट व्यापार विस्तारमा थप सहयोग भयो ।
एक क्लिकमै सामान खरिद गर्न सकिने सिष्टम बनाएकाले ग्राहकले सोचेर मात्रै क्लिक गर्थे अर्थात अन्य सामानमा ध्यान दिने समयनै थिएन् । अमेजनको सो आइडिया केही कम्पनीले फलो गर्न खोजे पनि त्यसलाई निरन्तरता दिन भने सकेनन् ।
कुनै पनि क्षेत्रमा सफल हुनको लागि आविष्कार निरन्तरताको आवश्यकता त पर्छ नै त्यसको आधारभूत सीप हुन पनि उत्तिकै जरुरी छ । कम्प्युटर साइन्स अध्ययन गरेका बेजोसले बैंकमा काम गरिरहेको अवस्थामा इन्टरनेटको विकास र विस्तारको अध्ययनमा ध्यान दिँदै गए ।
बेजोसले २००० मा मार्केट प्लेसको लन्च गरेर अब किताब, गेम, म्युजिक मात्रै नभएर अन्य सामानहरू विक्री गर्ने योजना बनाए । कम्पनीको नाफाको कारण यो छ कि मानौँ, आफैले कुनै टेबल बनायो भने त्यसको स्टोर, निमार्ण लागत लगायत सामग्रीको व्यवस्था गर्नुपर्ने हुन्छ । तर, तेस्रो व्यक्तिले उत्पादन गरेका सामाग्रीहरू आफ्नो स्टोर मार्फत विक्री गर्ने गर्छ ।
सामान खरिदको लागि मानिसको आकर्षण निकै बढेपछि अमेजनले नयाँ सर्भरको विकास गर्यो । डेटा सर्भिस गर्ने स्टोरेजको रूपमा कम्पनीले अमेजन वेभ सर्भिसको रूपमा नयाँ व्यवसाय अगाडि बढायो । वेभ सर्भिस यस्तो बिजनेश थियो कि यसमा प्रतिस्प्रर्धि कम्पनी कोही थिएनन् । जसको कारण अमेजनको व्यवसाय सफलताको यो एउटा कारकको रूपमा देखा पर्यो कि आजको दिनमा सबैभन्दा उच्च नाफा कमाउने बिजनेश भनेकै यही बन्यो ।
अमेजनको कुल नाफामा ४० प्रतिशत योगदान अमेजन वेभ सर्भिसको रहेको छ । संसारको ठूला अनलाइन कम्पनीहरू फेसबुक, लिङ्कडिन, पिनटेस्ट लगायतका डेटा स्टोर गर्ने काम यस कम्पनीले गरिरहेको छ ।
सन् २००७ मा बेजोसले इ–रिडरको लन्च गर्यो । किताब स्टोरबाट बिजनेश सुरू गरेको कम्पनीले करिब एक दशकपछि अनलाइनमै किताब पढ्न सकिने नयाँ प्रविधिको विकास गर्यो । अहिले अमेजनले किन्डलबाट नभएर अनलाइनमै बुक स्टोरबाट किताब बेचेर ग्राहकले निःशुल्क पढ्न सक्नेगरी आम्दानी गरिरहेको छ ।
अहिले किन्डल संसारको पहिलो इबुक रिडर बनेको छ । अमेजन जुन–जुन क्षेत्रमा सफल भएको छ त्यो उसको सबैभन्दा पहिलो बिजनेश प्लान नै हो ।
यस क्षेत्रमा नयाँ प्रतिस्प्रर्र्धी कम्पनीहरू आउन सकेनन् भने अमेजनले सन् २०१४ मा स्मार्ट फोन लन्च गरेको थियो त्यो असफल नै बन्यो । किनकी अमेजनकोभन्दा पहिले नै धेरै कम्पनीहरूले स्मार्टफोन लन्च गरिसकेका थिए ।
कोरोना महामारीले संसार नै लकडाउनमा गयो । जसको कारण मानिसले घरमै सामान मगाउन थाले । यसले गर्दा अमेजनको बिजनेश सफल बन्दै गयो भने बेजोस संसारकै धनाढ् व्यक्तिको सूचीमा पर्न सफल भए ।
‘थ्री पी’ बिजनेश मोडलले नाफा मात्रै
अमेजनको ई–कमर्श बिजनेश मोडललाई वान पी र थ्री पी गरेर दुई भागमा विभाजन गर्न सकिन्छ । वान पी भनेको अमेजनले अरुको सामान खरिद गरेर आफ्नो स्टोरमा राख्छ र त्यसलाई अनलाइनमा राखेर आफै विक्री गर्छ ।
अर्को छ, थ्री पी । यो भनेको अरुले उत्पादन गरेका सामान आफ्नो अनलाइनमा राखेर विक्री गर्ने । विशेषगरी ई–कमर्श कम्पनीहरूले तीन व्यक्ति बिजनेश मोडल अपनाउने गरेका छन् । जहाँ सामानको उत्पादन गर्ने व्यक्ति, खरिद गर्ने व्यक्ति छुट्टै हुन्छन् भने कम्पनी माध्यम मात्र बन्छ ।
रोचक कुरा के भने, वान पी मोडल भन्दा थ्री पी मोडलमा कम्पनीले नाफा धेरै कमाउछ । अमेजनको नाफा यस अर्थमा बढीरहेको छ कि उसले थ्री पी मोडल बिजनेश अपनाएको छ । सुरूआतमा उसले पहिलो बिजनेश मोडल अपनाएको थियो । सन् २०२० मा २०० बिलियन डलर आम्दानी गरेर विश्वको सबैभन्दा पहिलो ईकमर्श कम्पनी अमेजन बन्यो ।
सन् २०१४ सम्ममा बेजोसले आफ्नो बिजनेशबाट प्राप्त नाफा सोही क्षेत्रमा लगाउन थाले । आजको दिनमा १.६ ट्रिलियन सम्पत्ति भएको विश्वको सबैभन्दा ठूलो ई–कमर्श कम्पनी अमेजन बनेको छ ।-एजेन्सीको सहयोगमा