मौद्रिक नीतिको समीक्षा : घरजग्गा र सेयर कर्जामा कडाइ, अरु यस्ता छन् व्यवस्था (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । राष्ट्र बैंकले बिहीबार साँझ मौद्रिक नीतिको समीक्षा गरेको हो ।

 

मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गरेको छ । घरजग्गा, हायर पर्चेज, सेयर धितोमा लगानी हुने कर्जामा पुनरावलोकन गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

 

राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा जाने ऋण भने केही खुकुलो बनाउने भएको छ । यस क्षेत्रमा जाने ऋणको ब्याजदर केही सस्तो बनाउने राष्ट्र बैंकले घोषणा गरेको छ ।

 

कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमा साथै रेमिट्यान्स स्थानान्तरणको सुविधालाई समेत पुनरावलोकन गर्ने समीक्षामा उल्लेख गरिएको छ ।

 

राष्ट्र बैंकले हाल ५ प्रतिशत रहेको बैंक दरलाई ७ प्रतिशत पुर्‍याएको छ। ब्याज करिडोरको स्थायी तरलता सुविधा दर ७ प्रतिशत पुगेको छ। नीतिगत रिपो साढे ५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरेको छ। सीआरआरलाई ३ प्रतिशत र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ ।

 

यस्तो छ मौद्रिक नीति समीक्षाको पूर्णपाठ

 

लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर रुकुम पश्चिमको झुलनेटामा Read Previous

लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर रुकुम पश्चिमको झुलनेटामा

पोखरामा नेपालको चौथो केबलकार संचालनमा, कहाँको चढ्न कति लाग्छ शुल्क ? Read Next

पोखरामा नेपालको चौथो केबलकार संचालनमा, कहाँको चढ्न कति लाग्छ शुल्क ?