आगामी साता आइपीओ ल्याउन लागेको नेष्डो लघुवित्तको ईपीएस १२४ रुपैयाँ, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । आगामी साता (फागुन ११ गते)देखि प्राथमिक साधारण सेयर (आइपीओ) ल्याउन लागेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ ।

 

लघुवित्तले बिहीबर सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद १८.८७ प्रतिशतले घटेको छ ।

 

लघुवित्तले चालु आवको पुस मसान्तसम्म १० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ५० लाख रुपैयाँ कम हो । गत वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले १३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएकोे थियो ।

 

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घटेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.०९ प्रतिशतले घटेर १८ करोड ७५ लाखमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा १८.८८ प्रतिशतले घटेर १७ करोडमा झरेको छ ।

 

हाल १७ करोड २१ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ५४ करोड ३ लाख संचित छ । समीक्षा अवधिसम्म लघुवित्तले ३३ करोड सापटी र २ अर्ब ३७ करोड निक्षेप संकलन गरी ४ अर्ब २१ करोड कर्जा लगानी गरेको छ ।

 

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १५३.८१ रुपैयाँबाट घटेर १२४.७८ रुपैयाँमा झरेको छ ।

विश्वकै लामो बस सेवा सरू हुँदै, दिल्लीबाट ७० दिनमा लन्डन पुग्ने, कति लाग्छ भाडा ? Read Previous

विश्वकै लामो बस सेवा सरू हुँदै, दिल्लीबाट ७० दिनमा लन्डन पुग्ने, कति लाग्छ भाडा ?

ट्र्याक खुलेको १६ वर्षपछि सडक कालोपत्र हुँदै Read Next

ट्र्याक खुलेको १६ वर्षपछि सडक कालोपत्र हुँदै