विश्वकै लामो बस सेवा सरू हुँदै, दिल्लीबाट ७० दिनमा लन्डन पुग्ने, कति लाग्छ भाडा ?

काठमाडौं । भारतको राजधानी दिल्लीबाट वेलायतको राजधानी लण्डनसम्म बस सेवा संचालन हुने भएको छ । भारतीय ट्राभल कम्पनी एड्भेन्चर ओभरल्यान्डले विश्वकै लामो २० हजार किलोमिटर रुटमा बस संचालन गर्ने भएको हो ।

 

भारतीय संचार माध्यमहरुका अनुसार दिल्लीदेखि लन्डनसम्मको बस यात्रा ७० दिनको हुनेछ । यो बस १८ देशको सडकमा गुड्नेछ । उक्त बस म्यानमार, थाइल्यान्ड, लाओस, चीन, किर्गिस्तान, उज्वेकिस्तान, काजाकिस्तान, रुस, लाटभिया, लिथुआनिया, पोल्यान्ड, चेक रिपब्लिक, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम र फ्रान्स हुँदै बेलायत पुग्ने छ ।

 

एड्भेन्चर ओभरल्यान्डले सञ्चालन गरेको संसारको सबैभन्दा लामो यो बस यात्रा सन् २०२२ को सेप्टेम्बरदेखि सुरू हुने बताइएको छ।दिल्लीदेखि लन्डनसम्म चल्ने बसको अवधारणा एड्भेन्चर ओवरल्यान्डका सह(सञ्चालक सञ्जय मदन र तुसार अग्रवालले ल्याएका हुन्।

 

उनीहरूले सन् १९५० देखि १९७० को दशकमा युरोप र एसियाको रूटमा चल्ने ुम्याजिक बसुबाट प्रभावित भएर दिल्लीदेखि लन्डनसम्म बस यात्रा सञ्चालन गर्न लागेको लोन्ली प्लानेट रिपोर्टले जनाएको छ।

 

सन् १९५० देखि १९७० दशकमा कलकत्तादेखि लन्डनमा बस चल्थ्यो। यो यात्रा ४५ दिनको थियो। तर बस दुर्घटनामा परेपछि उक्त सेवा बन्द गरियो।दिल्लीबाट लन्डनसम्म चल्ने बसमा जम्मा २० जना यात्रु राखिनेछ। उनीहरूलाई यात्राक्रम विभिन्न देशका प्रख्यात ठाउँहरूमा घुमाइनेछ।

 

यात्राका लागि तयार पारिएको यो बसमा वाईफाई, बिजनेस क्लास सिटहरू, युएसबी पोर्ट, विद्युतीय प्लगहरूलगायत विशेषताहरू समावेश गरिएको छ।यसमा यात्रुको गोपनीयताका लागि सिटहरू बीच विभाजनहरू समेत गरिएको छ। त्यस्तै, बसमा पेय पदार्थ र खाजाका लागि कुलरसहितको मिनी प्यान्ट्री पनि पाउन सकिन्छ।

 

यात्रालाई आवश्यक सामग्री राखेर प्रत्येक यात्रुले दुई वटासम्म ठूलो सुटकेस लग्न सक्नेछन्। सामग्री सुरक्षाको लागि बसमा निजी लकर पनि दिइनेछ। प्रत्येक व्यक्तिले यो बस यात्राको लागि भारू १५ लाख अर्थात् करिब २४ लाख नेपाली रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ। यसैमा गाडीको टिकट, भिसा, खानाबस्नको सुविधालगायत सेवाहरू समावेश गरिएको छ।-एजेन्सी

नेप्सेमा झिनो अंकको गिरावट, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा झिनो अंकको गिरावट, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

आगामी साता आइपीओ ल्याउन लागेको नेष्डो लघुवित्तको ईपीएस १२४ रुपैयाँ, यस्तो छ वित्तीय अवस्था Read Next

आगामी साता आइपीओ ल्याउन लागेको नेष्डो लघुवित्तको ईपीएस १२४ रुपैयाँ, यस्तो छ वित्तीय अवस्था