बुद्ध एयरले अब पोखराबाट जनकपुर र धनगढी सिधा उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले पोखराबाट जनकपुरधाम र धनगढी सिधा उडान भर्ने भएको छ । यसअघि पोखराबाट विभिन्न गन्तव्यमा सिधा उडान गर्दै आएको बुद्धले मार्च १ (फागुन १७ गते)देखि यी दुई गन्तव्यमा पनि सिधा उडान भर्न लागेको हो ।

 

सुरुमा साताका ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्ध एयरले जनाएको छ । पोखराबाट जनकपुरधाम साताका ३ दिन सोमबार, बिहीबार र शनिबार पोखरा उडान हुनेछ ।

 

त्यसैगरी, धनगढी आइतबार, बुधबार र शुक्रबारको उडान हुने बुद्ध एयरले जनाएको छ । यी दुई गन्तव्यको लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक प्याकेज पनि ल्याउन लागेको छ ।

दूध उत्पादन कम हुँदा डेरी प्रोडक्टमा विदेशकै भर, एशोसिएसन भन्छ-'मिल्क होलिडे मनाउने दिन गए' Read Previous

दूध उत्पादन कम हुँदा डेरी प्रोडक्टमा विदेशकै भर, एशोसिएसन भन्छ-'मिल्क होलिडे मनाउने दिन गए'

उद्योगी मोतीलाल दुगडको 'कृषि उद्यमदेखि जल विद्युतसम्म' पुस्तक सार्वजनिक Read Next

उद्योगी मोतीलाल दुगडको 'कृषि उद्यमदेखि जल विद्युतसम्म' पुस्तक सार्वजनिक