नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १४ कम्पनी

काठमाडौं । सेयर बजार उच्च अंकले कमब्याक गरेको छ । आइतबार एकैदिन १०० अंकले घटेको नेप्से सोमबार स्थिर जस्तै रहेको थियो भने आज ५३ अंकले लयमा फर्केको हो ।

 

सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै ५० करोडले घटेर सवा ३ अर्बमा सीमित भएको छ ।

 

बुधबार नेप्से ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको छ । आज २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.३२ प्रतिशतले बढेको छ । त्यस्तै, अन्य समूह पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज कारोबार भएका २२४ कम्पनीमध्ये १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे २२ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेशनल हाइड्रो १८ करोड र नेपाल टेलिकम १७ करोडको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

 

उच्च अंकले बढेको बजारमा आज न्यादी हाइड्रोपावरको सेयर मूल्य सबैभ्न्दा धेरै ९.०१ प्रतिशतले बढेको छ । त्यस्तै, तेह्रथुम पावर ८.७०, हिमालयन ऊर्जा, कालिका पावर, छ्याङ्दी हाइड्रोपावर र सिनर्जी पावरको मूल्य साढे ७ प्रतिशतले बढेको छ ।

 

त्यसैगरी, नारायणी विकास बैंक, राधी जलविद्युत्, जीवन विकास लघुवित्त, विजय लघुवित्त, घलेम्दी हाइड्रो, रुरु जलविद्युत्, नेरुडे लघुवित्त र पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

दुग्धजन्य वस्तुको मूल्य वृद्धि, केमा कति बढ्यो ? Read Previous

दुग्धजन्य वस्तुको मूल्य वृद्धि, केमा कति बढ्यो ?

दूध उत्पादन कम हुँदा डेरी प्रोडक्टमा विदेशकै भर, एशोसिएसन भन्छ-'मिल्क होलिडे मनाउने दिन गए' Read Next

दूध उत्पादन कम हुँदा डेरी प्रोडक्टमा विदेशकै भर, एशोसिएसन भन्छ-'मिल्क होलिडे मनाउने दिन गए'