गरिमा विकास बैंकले ल्यायो ‘स्वर्णिम निक्षेप योजना’, यस्ता छन् विशेषता

काठमाडौं । गरिमा विकास बैंकले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ ।

 

न्यूनतम १ हजार रुपैयाँमा मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो । यस निक्षेप योजना अन्तर्गत ५ वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दती बराबरको व्याजदरको फाइदा लिन सकिनेछ ।

 

साथै, यस निक्षेप योजना अन्तर्गत योजना अवधि भित्र आफ्नो अनुकुलता अनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दती बराबरको ब्याजदर पाइनेछ ।

 

बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५ प्रतिशत ब्याजदर प्रदान गर्न लागेको हो । यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकवर्गका लागि समेत यस क्रमिक रुपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित हुनेछ ।

 

हाल गरिमा विकास बैंकले देशका ३७ जिल्लामा ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटीएममार्फत आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सुविधा दिँदै आइरहेको छ ।

 

धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, कसले मार्ला बाजी ? Read Previous

धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, कसले मार्ला बाजी ?

पुरानालाई टक्कर दिँदै नयाँ जीवन बीमा कम्पनी, रिलायबलले सबैलाई उछिन्यो, कुनले कति कमाए ? Read Next

पुरानालाई टक्कर दिँदै नयाँ जीवन बीमा कम्पनी, रिलायबलले सबैलाई उछिन्यो, कुनले कति कमाए ?