धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, कसले मार्ला बाजी ?

काठमाडौं । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

 

नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले अध्यक्ष का लागि उत्कृष्ट ५ बाट अन्तिम ३ जनाको नाम सिफारिस गरेको हो ।

 

सिफारिस गरिएकामा गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमाल छन् । अब मन्त्रिपरिषद्को बैठकले यिनै तीन जनामध्येबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

 

यसअघि छनोट भएका ५ जनामध्येबाट निरज गिरी र खगेन्द्र कटुवाल समितिको सिफारिसमा परेनन् । बोर्ड अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । तीमध्येबाट बोर्डले अन्तिम ३ जनाको नाम टुंगो लगाएको हो ।

 

सत्ता गठबन्धन बीच भएको अनौपचारिक सहमति अनुसार बोर्ड अध्यक्षमा कांग्रेस निकट व्यक्ति छनोट हुनेछन् । यसअघि नेप्सेको सीईओमा माओवादी निकट कृष्णबहादुर कार्की नियुक्त भएकाले बोर्ड कांग्रेसको भागमा परेको जनाइएको छ । स्रोतका अनुसार बोर्ड अध्यक्षमा हमालको सम्भावना बढी रहेको बताइएको छ ।

 

बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेपछि विवादित तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।

सीईओ क्लबका सदस्यले कतार एयरको टिकटमा १० प्रतिशत छुट पाउने Read Previous

सीईओ क्लबका सदस्यले कतार एयरको टिकटमा १० प्रतिशत छुट पाउने

गरिमा विकास बैंकले ल्यायो ‘स्वर्णिम निक्षेप योजना’, यस्ता छन् विशेषता Read Next

गरिमा विकास बैंकले ल्यायो ‘स्वर्णिम निक्षेप योजना’, यस्ता छन् विशेषता