महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६० करोडको आइपीओ ल्याउँदै

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको हो ।

 

कम्पनीले आइपीओ निष्काशन प्रक्रिया समेत अघि बढाएको छ । सोही क्रममा कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 

विक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा सोमबार महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीभष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

 

चालु आर्थिक वर्षभित्रै आइपीओ निष्काशन गर्ने योजना अनुरूप तयारी अगाडि बढाइएको इन्स्योरेन्सले जनाएको छ ।

राष्ट्रिय गौरवका ३ अन्तर्राष्ट्रिय विमानस्थल : भैरहवा संचालनको तयारी, अरूको कस्तो छ अवस्था ? Read Previous

राष्ट्रिय गौरवका ३ अन्तर्राष्ट्रिय विमानस्थल : भैरहवा संचालनको तयारी, अरूको कस्तो छ अवस्था ?

सीईओ क्लबका सदस्यले कतार एयरको टिकटमा १० प्रतिशत छुट पाउने Read Next

सीईओ क्लबका सदस्यले कतार एयरको टिकटमा १० प्रतिशत छुट पाउने