काठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएको हो ।
बैंकको ४९औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले गरे ।
बैंकले हाल देशभरका २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८५० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।