ग्रीन भेञ्चरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं । आज (कार्यालय समय)देखि ग्रीन भेञ्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्राथमिक साधरण सयेर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

 

निष्काशन हुने सेयरमा आयोजना प्रभावित क्षेत्र ओखलढुंगा खिम्जिदेवा गाउँपालिका वडा नं. १, २ र ३ (साविक रगनी, खिजिचण्डेश्वरी गाविस), लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. १ र २ (साविक दुरागाउँ र सैपु गाविस) र उमाकुण्ड गाउँपालिका ७ (साविक भुजी गाविस)का बासिन्दाले आवेदन दिन पाउने छन् ।

 

कम्पनीको आइपीओमा फागुन १६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा चैत १ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

 

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिट क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने मध्यम रुपमा सुरक्षित रहेको जनाउँदछ ।

 

कम्पनीले हाल रामेछाप र ओखलढुंगाको सीमानामा ५२.४ मेगावाटको लिखुखोला चौथो हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

जाल्पा लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

जाल्पा लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

नेशनल हाइड्रोपावरले पहिलो पटक घोषणा गर्‍यो लाभांश, ५०% हकप्रद पनि ल्याउने Read Next

नेशनल हाइड्रोपावरले पहिलो पटक घोषणा गर्‍यो लाभांश, ५०% हकप्रद पनि ल्याउने