जाल्पा लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आज अपराह्न ५ बजे स्क्वायर रेष्टुरेन्ट, बालुवाटार काठमाडौंमा लघुवित्तको आइपीओ बाँडफाँट भएको हो ।

 

सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार गोलाप्रथाबाट ४८ हजार ७९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा आवेदन दिएका २५ लाख ४२ हजार ९१२ जनाको भने हात रित्तो भएको क्यापिटलले जनाएको छ ।

 

जसमा २५ लाख ९५ हजार ९९२ जनाले आवेदन दिएका थिए । सोमध्ये ४ हजार २९० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

 

लघुवित्तले माघ २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको थियो । सोमध्ये ८ हजार कम्पनीका कर्मचारी, २६ हजार १०० कित्ता सामूहिक लगानी कोष र ४ लाख ८७ हजार ९०० कित्ता सर्वसाधरणलाई छुट्याइएको थियो ।

 

हाल १० करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ विक्रीपछि १६ करोड पुग्नेछ।

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

 

यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र जाल्पा सामुदायिक लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

पुष्पलाल लोकमार्ग : १३ वर्षमा पनि सकिएन काम, अझै २ वर्ष थप्नुपर्ने, लागत तेब्बर पुग्ने Read Previous

पुष्पलाल लोकमार्ग : १३ वर्षमा पनि सकिएन काम, अझै २ वर्ष थप्नुपर्ने, लागत तेब्बर पुग्ने

ग्रीन भेञ्चरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ? Read Next

ग्रीन भेञ्चरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?